ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नेपाल र इजरायलका चेम्बर अफ कमर्शबीच सम्झौता

२०७७ जेठ, ११  
समाचार
NA
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल इजरायल चेम्बर अफ कमर्श एन्ड इन्डष्ट्रिज (एनआईसीसीआई) र इजरायल एशिया चेम्बर अफ कमर्श (आईएसीसी) बीच सहकार्यका लागि सम्झौता भएको छ । सम्झौतामा एनआईसीसीआइका अध्यक्ष शिशिर भट्ट र आईएसीसीका उपाअध्यक्ष अनात बर्नस्टेन रेचले हस्ताक्षर गरेका छन् ।

इजरायल एशिया चेम्बर अफ कमर्श अन्तर्गत इजरायल नेपाल चेम्बर अफ कमर्शको अध्यक्षता अनात बर्नस्टेन रेचले गर्नेछन् । एनआईसीसीआई र आईएसीसीबीच लगानी, उद्योग, यातायात, पर्यटन, प्रविधिको हस्तान्तरण, कृषि, ऊर्जा, शिक्षा र पूर्वाधार लगायत विभिन्न आर्थिक सहकार्य बृद्धि गर्न सम्झौता भएको हो ।

इजरायलस्थित नेपाली राजदूत डा. अञ्जान शाक्यको समन्वयमा सो सम्झौता भएको हो । सो अवसरमा राजदूत शाक्यले २ ओटा संस्थाबीच भएको सम्झौताप्रति खुशी व्यक्त गर्दै दुई देशको आर्थिक विकासका सहकार्य गर्न अझ सहज भएको बताईन् । सो अवसरमा राजदुत शाक्यले नेपाल र इजरायलका महिला उद्यमीको सशक्तिकरणमा काम गर्नुपर्नेमा पनि जोड दिईन् । सो अवसरमा भर्चुअल सम्वाद गदै नेपाल इजरायल चेम्बर अफ कमर्शका अध्यक्ष शिशिर भट्टले नेपाल र इजरायलबीच ६० वर्षअघि शुरू भएको कुटनीतिक सम्बन्धको स्मरण गर्दै यो सम्झौताले दुई देशबीच व्यापारिक तवरमा यातायात, कृषि, पुर्वाधार, जलविद्युत्, शिक्षालगायत क्षेत्रमा द्विपक्षीय सहयोग आदानप्रदान हुने बताए । इजरायलले नेपालको कृषि क्षेत्रको विकास र आधुनिकीकरणमा सहयोग गरेको बताउँदै भट्टले नेपालले पनि कृषि क्षेत्रलाई पूर्ण आत्मनिर्भर बनाउन उत्पादन र उत्पादकत्वमा विशेष ध्यान दिएर अघि बढनुपर्ने बताए । सो अवसरमा इजरायल एशिया चेम्बर अफ कमर्शका अध्यक्ष माथन भिलनाइले दुई संस्थाबीच भएको सम्झौताले एक अर्काको सहयोगका लागि महत्वपूर्ण भुमिका खेल्ने बताए । इजायल नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष अनात बर्नस्टेन रेचले नेपालको वित्तीय क्षेत्रमा सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै आप्mनो तर्फबाट आश्वयक सहयोग गर्ने बताए ।

सो अवसरमा नेपालका लागि इजरायली राजदूत बेनी ओमेरले २ संस्थाबीच भएको सम्झौतामा खुशी व्यक्त गर्दै नेपाल र इजरायलको आर्थिक विकासमा थप सहयोग आदानप्रदान हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्