ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

लकडाउन सदुपयोग गर्दै सडक कालोपत्र

२०७७ जेठ, ११  
प्रदेश ०५
Image Not Found
author avatar राजेश जीसी

प्यूठान । कोरोना भाइरस नियन्त्रणका लागि नेपाल सरकारले लकडाउन गरेको २ महीना पुग्न लाग्यो । लकडाउन गरेपछि विकास निर्माणका साथै आर्थिक, व्यावसायिक गतिविधि ठप्पप्रायः छन् । तर यो यो समयको सदुपयोग गरी प्यूठानको प्रमुख धार्मिक तीर्थस्थल स्वर्गद्वारी जोड्ने भिंग्री–स्वर्गद्वारी सडक खण्डको काम धमाधम भइरहेको छ ।

प्यूठानमा नेपाल सरकारले ५ ओटा ठूला आयोजना सञ्चालन गर्न अनुमति दिएपछि उक्त सडक कालोपत्रको काम भइरहेको सडक डिभिजन प्रमुख विनोदप्रसाद सापकोटाले बताए । ‘लकडाउनको समयमा सरकारको परिपत्र अनुसार विकास निर्माणका काम सञ्चालन गर्ने निर्देशन अनुसार कालोपत्र गरेका छौं,’ उनले भने । उनका अनुसार कालोपत्रको काममा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जारी गरेको स्वास्थ्य प्रोटोकलको पालना गरिएको छ ।

नेपाल सरकारको निर्णय अनुसार कामदारबीच सामाजिक दूरी कायम गर्ने, सेनिटाइजर लगायतको व्यवस्था गरेर काम भइरहेको निर्माण कम्पनी वसिस इन्जिनियर्स एण्ड बिल्डर्स प्रालिले बताएको छ । अहिले उक्त सडकखण्डको १४ किलोमिटर क्षेत्रमा एक तह कालोपत्र गर्ने कार्य भइरहेको इन्जिनीयर अरुण खत्रीको भनाइ छ ।

प्रदेश नं ५ सरकारबाट विनियोजन गरिएको २५ करोड ५० लाख रुपैयाँ लागतमा सडक कालोपत्रको काम भइरहेको हो । १४ किमी सडकमध्ये अहिलेसम्म ३ किमी सिंगल पोर्ट सम्पन्न भइसकेको खत्रीले बताए । उनका अनुसार हालसम्म पूर्वाधारको काम अहिलेसम्म ७० प्रतिशत सकिएको छ । कालोपत्रको काम २०७७ असोजसम्म सक्नेगरी कामलाई तीव्रता दिएको उनले बताए । ‘आयोजनाको म्याद यही असोजसम्म छ, सोही अनुरूप काम गरेका छौं,’ उनले भने । यो सडकको कालोपत्र सम्पन्न भएपछि स्वर्गद्वारी आउजाउ गर्ने दर्शनार्थीलगायतलाई सहज हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्