ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

जनकपुर र राजविराजमा ल्याइयो नयाँ पीसीआर मेशिन

२०७७ जेठ, ११  
प्रदेश ०२
NA
author avatar कमलेश ठाकुर

जनकपुरधाम । कोरोना महामारी रोकथाम, नियन्त्रणका लागि प्रदेश सरकारले वाचा गरे अनुरूप जनकपुर र राजविराजका लागि दुईओटा पीसीआर मेशिन खरीद गरेर ल्याएको छ । मन्त्रिपरिषद्ले जनकपुर, वीरगञ्ज र राजविराजमा परीक्षण ल्याब सञ्चालन गर्ने निर्णय गरे अनुरूप जनकपुर र राजविराजका लागि आरटी पीसीआर मेशिन खरीद गरेर ल्याएको हो । जनकपुरस्थित पशुरोग अन्वेषण प्रयोगशालामा आरटी पीसीआर मेशिन सञ्चालनमा ल्याइनेछ भने राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको ल्याब सञ्चालन गरिने भएको छ ।
दुवै ठाउँका लागि मेशिन ल्याई जडानको काम समेत शुरू भइसकेको छ । सोमवारदेखि दुवै आरटी पीसीआर सञ्चालनमा आउने प्रादेशिक प्रयोगशालाका प्रमुख राम विनय साहले जानकारी दिए । उक्त मेशिनको क्षमता ४ घण्टामा ९६ जनाको परीक्षण गर्ने रहेको बताइएको छ । वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा आरटी पीसीआर मेशिन जडान भई यसअघि नै सञ्चालनमा आइसकेको छ ।

त्यसैगरी प्रदेश सरकारले उपचार, तथा परीक्षण चुस्त बनाउन गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजलाई ल्याब सञ्चालन, जनशक्ति परिचालन तथा औषधि एवं अन्य सामग्री खरीदका लागि ५० लाख र वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमितलाई पोषणयुक्त खाना र खाजाको व्यवस्थापनका लागि २५ लाख निकासा पनि गरेको छ ।

प्रदेश सरकारले नेपाली सेनाद्वारा सञ्चालन हुनेगरी राजविराज र बारा जिल्लामा कम्तीमा ५ सय बेडको प्रादेशिक क्वारेन्टाइन निर्माण गर्न समेत नेपाली सेनाले उपलब्ध गराएको इस्टिमेट अनुसार रकम उपलब्ध गराउने निर्णय गरेको छ । त्यसैगरी वीरगञ्जमा विदेशबाट आउने नागरिकलाई राख्न ५ सय बेडको होल्डिङ क्वारेन्टाइन समेत नेपाली सेनाले नै सञ्चालन गर्नेगरी आवश्यक रकमको व्यवस्था गरेको छ । प्रदेश सरकारले कोरोना संक्रमित तीव्र बढिरहेको अवस्थामा स्थानीय स्तरमै कन्ट्रयाक्ट ट्रेसिङका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने र विभिन्न जिल्लाको विभिन्न स्थानमा गएर घटनाको जाँचबुझका लागि समेत आवश्यक बजेटको व्यवस्थापन गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्