ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तथ्यांकोवाच : रू. ५ करोडका दाँत फिटिङ आयात

२०७७ जेठ, ११  
अंक समाचार
Image Not Found

काठमाडौं (अस) । दाँत फिटिङ चिकित्सा सामग्रीमा अति महत्त्वपूर्ण उपकरणका रूपमा रहेको छ । त्यसैले चालू अवस्थामा अस्पतालहरूमा दाँत फिटिङहरूको जगेडा पर्याप्त मात्रामा हुनु जरुरी हुन्छ ।

सामान्य अवस्थामा त दाँत फिटिङको आपूर्ति निश्चित तहभन्दा मुनि जान दिनु हुँदैन भन्ने मान्यता रहेको छ भने वर्तमान संकटको पृष्ठभूमिमा येनकेन प्रकारेण दाँत फिटिङको मौज्दात पर्याप्त मात्रामा कायम राख्नु सबैको कर्तव्य हुुन आउँछ  ।

भन्सार विभागको वेबसाइटमा प्रकाशित तथ्यांक अनुसार चालू आर्थिक वर्षको प्रथम ९ महीनामा रू. ६ करोड बराबरका दाँत फिटिङ आयात भएको पाइन्छ । गत आर्थिक वर्षमा भने रू. ५ करोड ३१ लाख बराबरका यस्ता वस्तु आयात भएको थियो । अघिल्लो आर्थिक वर्ष २०१७/१८ मा यी उपकरणको आयात रू. ३ करोड ५४ लाख रहेको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्