ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

प्रहरीलाई संक्रमण भएपछि नयाँबानेश्वरका ३ ओटा घरमा सिल        

२०७७ जेठ, ११  
समाचार
Image Not Found

 जेठ ११, काठमाडौं  । कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि उनको निवासस्थल काठमाडौं महानगरपालिका–१० नयाँबानेश्वरका तीन ओटा घर सिल गरिएको छ ।     
     
प्रहरीको निवास नयाँबानेश्वरस्थित भरोसा अस्पताल पछाडि रहेकाले त्यस क्षेत्रका तीन घर सिल गरी ट्रेसिङ भइरहेको वडा सदस्य नरोज अर्यालले जानकारी दिए ।

ट्रेसिङ गरिएकाको एक हप्तापछि मात्र स्वाब संकलन गरिने भएको छ । ट्रेसिङ गर्न, स्वाब संकलन गरी परीक्षणपछि प्रतिवेदन आउन हप्तौं लाग्ने भएपछि वडावासीले लामो समय त्रासमा बिताउनुपरेको उनले बताए ।     
     
संक्रमितको सम्पर्कमा आएका मानिसमा कम्तीमा सात दिनपछि मात्र लक्षण देखिने भएकाले समय लिएर स्वाब संकलन गर्ने गरिएको जनाइएको छ । 

कोरोनाको संक्रमणबाट बच्न जारी बन्दाबन्दीका बेला वडाले अत्यावश्यक सेवाका ढल, खानेपानीलगायत समस्या समाधानलाई निरन्तरता दिएको वडा कार्यालयले बताएको छ । रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्