ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

उत्तर प्रदेश आइपुुग्यो सलह फौज

२०७७ जेठ, १३  
अन्तरराष्ट्रिय
Image Not Found

जेठ १३, नयाँ दिल्ली (भारत) । भारतको राजस्थानका १८ जिल्ला र मध्य प्रदेशमा एक दर्जन जिल्लाहरुमा बालीनाली सखाप पारेपछि करोडौं सलहका झुण्ड सोमवार उत्तर प्रदेशको झाँसी र आग्रा पुगेका छन् । 

योसँगै यूपी सरकारले आपतकाल घोषणा गरेको छ । बाली खाने यी किराहरु अप्रिलको दोस्रो हप्तामा राजस्थान छिरेका थिए ।

यूपीमा सलहले आग्रा, अलिगढ, मथुरा, बुलन्दशहर, हाथरस, एटा, फिरोजाबाद, मनपुरी, इटावा, फार्रुखवाद, अउरैया, जालाउन, कानपुर, झाँसी, माहोबा, हामिरपुर र ललितपुरसमेत गरी १७ जिल्लामा बाली ध्वस्त बनाएको आशंका गरिएको छ । 

सलहको झुण्डले एक घण्टामै एकडका एकड जमीनका बालीनाली खान सक्ने उत्तर प्रदेश कृषि विभागका अधिकारीहरुले बताएका छन् । 

यो अवस्थासँग जुध्न उत्तर प्रदेशको कृषि विभागले सलह कसरी भगाउने भन्नेबारे किसानहरुलाई शिक्षा दिने बताइएको छ । आग्रामा जिल्ला प्रशासनले केमिकल छर्किन २०४ ओटा ट्र्याक्टर चलाएको छ । 

मे २० मा सलहको झुण्ड राजस्थानको दाउसा जिल्लामा देखा परेको थियो । पाँच दिनमै २०० किमिको क्षेत्रफल ओगट्दै यिनीहरु अजमेर पुगे । अहिले ती किरा यूपी छिरेका छन् । 

मध्य प्रदेशमा सलहले कम्तिमा पनि १२ जिल्लामा बालीनाली ध्वस्त पारेको छ । सलह शुरुमा मे १७ मा मध्य प्रदेशको मन्दसौर र निमचमा छिरेका थिए । त्यसपछिका दिनमा यसले थप १० जिल्लामा बाली सखाप पारेको छ । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्