ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

जर्मनीसँग ९ अर्ब यूरोको उद्धार सम्झौतामा लुफ्थान्सा सहमत

२०७७ जेठ, १३  
अन्तरराष्ट्रिय
Image Not Found

जेठ १३, म्युनिख (जर्मनी) । जर्मन विमान सेवा प्रदायक कम्पनी लुफथान्सा र जर्मन सरकारबीच वित्तीय उद्धारमा सहमति भएको छ । कम्पनीलाई धराशयी हुनबाट बचाउन दुई पक्षबीच ९ अर्ब यूरो बराबरको प्याकेजमा सहमति भएको हो । 

कोरोना भाइरसको महामारीका कारण यात्रामा कमी आएसँगै कम्पनीमाथि प्रतिकूल प्रभाव परेको छ । यो सहमतिसँगै विमान कम्पनीमा जर्मन सरकारको २० प्रतिशत हिस्सा रहनेछ । 

कम्पनी स्वस्थ बनेपछि सरकारले सन् २०२३ को अन्त्यसम्ममा आफ्नो स्वामित्व बेच्ने योजना बनाएको छ । सम्झौतालाई कम्पनीको शेयरधनी र यूरोपेली आयोगले पारित गर्नु पर्नेछ ।

वित्तीय सहायताबारे लुफथान्सा र जर्मन सरकाबीच हप्तौंदेखि वार्ता भइरहेको थियो । सम्झौताले १० हजारभन्दा बढी रोजगारी जोगाउनेछ । महामारीको चपेटामा परेका कम्पनीहरुलाई टेवा दिन जर्मन सरकारले करीब १ खर्ब यूरो छुट्टयाएको छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्