ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

माओवादी शिविरलाई १० करोड

२०७७ जेठ, १८  
१० वर्ष अघि
NA

माओवादी सेनाका शिविरहरूमा विभिन्न भौतिक निर्माण तथा मर्मतसम्भारका लागि सरकारले १० करोड रुपैयाँ उपलब्ध गराएको छ । नेपाल शान्ति कोषले ७ वटा प्रमुख शिविर तथा २१ वटा सहायक शिविरको भौतिक संरचना निर्माणका लागि रकम उपलब्ध गराएको हो । शान्ति कोषमा दातृनिकायहरूले दिएको रकम जम्मा हुने गर्दछ ।

कार्यकक्ष सजावटमा ८ लाख
कम्युनिष्ट पार्टीकी नेतृ तथा रक्षामन्त्री विद्यादेवी भण्डारीले वास्तुशास्त्रअनुसार आफ्नो कार्यकक्ष सिंगारेकी छिन् । उनले सो कामका लागि रू. ८ लाख खर्च गरेको बताइएको छ । मन्त्री भण्डारीको कार्यकक्षलगायत सभाकक्ष आदिको पुनर्निर्माण गरिएको छ । सबै कोठालाई वातानुकुलित बनाइएको छ भने सोफालगायत अन्य फर्निचरसमेत नयाँ राखिएको छ । मन्त्रीको कोठालाई समयसापेक्ष, अनुकूल र सुविधायुक्त बनाउँदाका लागि रकम खर्च गरिएको बताइएको छ ।

संविधान निर्माणको समय सार्न सकिन्छ
एनेकपा माओवादी स्थायी समितिको बैठकले दलहरूको सहमतिमा संविधान निर्माण गर्ने समय सार्न पनि सकिने जनाएको छ । बैठकले दलहरूबीच सहमति भए समयमै संविधान बन्ने तर त्यसो हुन नसकेको अवस्थामा समय सार्न पनि सकिने धाराणा सार्वजनिक  गरेको हो । राष्ट्रिय स्वाधीनता, शान्तिस्थापना र संविधान निर्माणलाई कार्यनीतिका रूपमा पास गरेका मोआवादीको उक्त बैठकले मुलुकमा उत्पन्न सबैखाले गतिरोधको उच्चस्तरीय राजनीतिक संयन्त्रमार्फत अन्त्य हुने विश्वास गरेको छ ।

वर्ष ५, अंक २३, २०६६, माघ २५–फागुन २

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्