ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

५ वर्षपछि अर्बौको फूल निर्यात गर्न सक्छौं

२०७७ जेठ, १९  
१० वर्ष अघि
NA

अहिले नेपालमा फूलको व्यापार गर्ने वा नर्सरी चलाएकाहरूमध्ये ९० प्रतिशतले १ रोपनीभन्दा कम जग्गा भाडामा लिएर काम गरिरहेको अवस्था छ । थोरै जगामा फूल उत्पादन गर्नु पनि एउटा समस्या हो । त्यस्तै हामीकहाँ फूलका ग्राहकहरू प्नि आफूलाई कस्तो फूल आवश्यक हो भन्ने कुरा थाहा पाउन सक्दैनन् । एउटा नर्सरी वा पसलमा गएपछि आफूलाई नाम थाहा भए जतिका सबै प्रकारका फूलहरू पाउनुपर्छ भन्ने ठान्छन् । उनीहरू त्यस्तै माग गर्छन् । त्यसले गर्द व्यवसायीले नचाहँदा नचाहँदै पनि धेरै प्रकारका फूल लगाउनुपर्छ । विशेष प्रकारका फूलमात्रै उत्पादन गर्छु र बेच्छु भनेर नपाइने अवस्था छ । जबकि अरू देशमा त्यस्तो हुँदैन । एउटा व्यवसायीले एकप्रकारको फूल ठूलो मात्रामा उत्पादन गर्छ । अरू फूलको उत्पादनमा उसले ध्यान दिँदैन । एक रोपनीभन्दा कम जग्गामा नर्सरी गरेकाहरू अब विस्थापित त हुने अवस्था छ । किनकि यहाँको जग्गाको मूल्य अकाशिएको छ र जग्गाधनीले माग गरेअनुसारको भाडा तिर्ने सामथ्र्य व्यवसायीमा छैन । एक रोपनी जग्गा फूल व्यवसायीलाई भाडामा दिँदाभन्दा अरू नै काममा उपयोग गर्ने हो भने त्यसबाट जग्गाधनीले बढी फाइदा लिने अवस्था छ । त्यो अवस्थामा व्यवसायीहरूलाई पेसाबाटै पलायन हुनबाट रोक्नका लागि एउटामात्र विकल्प भनेको सहकारी अवधारणामा जानु हो ।

(हिमालय फ्लोरा प्रालिका प्रबन्ध निर्देशक डा. उमिद पुनसँगको अन्तर्वार्ताबाट)
वर्ष ५, अंक २३, २०६६, माघ २५–फागुन २

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्