ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सरकारी संस्था नै सहज आपूर्तिका बाधक

२०७७ जेठ, २०  
१० वर्ष अघि
NA

विगत लामो समयदेखि नै दैनिक जीवनका लागि अत्यावश्यक वस्तुहरूको अभाव भोग्न वा अनुचित बढी मूल्य तिर्न नेपाली जनता बाध्य हुँदै आएका छन् । अहिले बजारमा चिनी र नुनको अभाव छ  । आयोडिनयुक्त नुनको भाउ करिब ३५ प्रतिशत वृद्धि गरिँदा पनि त्यो सहरी क्षेत्रमा समेत सुलभ ढंगमा पाइँदैन । दुर्गम भेगका स्थिति झनै दयनीय छ ।

आपूर्ति मन्त्रालयले तोकेको प्रतिकिलो चिनीको सरकारी मूल्य रू. ५३ छ तर साल्ट ट्रेडिङ नै रू. ८० मा विक्री गरिरहेको छ । नुन आयातमा साल्ट ट्रेडिङको र चिनी आयातमा नेसनल ट्रेडिङसमेत दुई संस्थाको मात्र लगभग एकाधिकार छ । व्यापारीले रू. ९० भन्दा पनि बढी लिइरहेको अवस्था छ । यो विरोधाभासपूर्ण अवस्थाको अनुगमन तथा नियन्त्रण कतैबाट हुन सकेको छैन । यी दुवै संस्थाका अधिकारीहरूले विश्वबजारमा मूल्यवृद्धि भएका कारण यहाँ पनि बढेको भन्ने बनिबनाउ उत्तार दिइरहेका छन् । दसैंतिहारजस्ता राष्ट्रिय चाडपर्वमा माग ह्वात्तै बढ्ने हुनाले चिनी नुन खाद्यसामग्रीलगायतका वस्तु अभाव हुनु सामान्य नै हो भन्ने तर्क गर्न सकिएला  । तर, अहिले सामान्य अवस्थामा समेत आपूर्ति सहज नहुनु चाहिँ   सेवाप्रदायकको अवस्था दयनीय हुनुको ज्वलन्त उदाहरण हो । गत दसैंदेखि नै अभाव देखिएको चिनीको आपूर्ति अझै सहज बनेको छैन । अति आवश्यक खाद्यवस्तु चिनी नुन घिउलगायत घरेलु हस्तकला, कृषि उत्पादन कागज, मेसिनहरू र निर्माण सामग्रीको वितरण सुलभ ढंगमा हुन सकेको छैन ।

वर्ष ५, अंक २३, २०६६, माघ २५–फागुन २

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्