ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

जुवा खेल्दै गर्दा ९ व्यवसायी पक्राउ

२०७७ जेठ, २०  
विविध
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । काठमाडौंको एक होटलमा जुवा खेल्दै गरेको अवस्थामा नेपालका प्रतिष्ठित घरानामा आबद्ध व्यवसायीहरूलाई प्रहरीले सोमवार पक्राउ गरेका छ । महानगरीय प्रहरी वृत्त दरबारमार्गले सोमवार काठमाडौंको कमलादीस्थित गन्गोर होटलबाट उनीहरूलाई प्रक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा नन्द किशोर शर्मा, अशोक कुमार अग्रवाल, गोविन्दराम सरिया, पुरुषोत्तम अग्रवाल, सुरेश कुमार अग्रवाल, रामचन्द्र सांघाई, विमल अहुजा, विमल खेतान र निक्की जोगाई रहेका छन् । उनीहरूबाट २ लाख ७७ हजार ७२० रुपैयाँ नगद र क्यासिनोमा प्रयोग हुने १७९ ओटा चिप्स बरामद गरिएको छ । हाल उनीहरूलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गको नियन्त्रणमा राखिएको छ । उनीहरूलाई जुवा ऐनमार्फत कारबाही अघि बढाइने प्रहरीले बताएको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्