ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

भारतमा पनि रेम्देसिभिर प्रयोगको अनुमति 

२०७७ जेठ, २०  
अन्तरराष्ट्रिय
Image Not Found

जेठ २०, नयाँ दिल्ली (भारत) । कोरोना भाइरसको उपचारका लागि भारतले एन्टि–भाइरल औषधि रेम्देसिभिर प्रयोग गर्ने अनुमति दिएको छ । 

भारत सरकारले मंगलवार अन्तत गम्भीर अवस्थमा अस्पतालमै भर्ती भएर उपचार गराइरहेका कोभिड–१९ का बिरामी (वयस्क र बालबालिकासमेत)मा अमेरिकी फर्मास्यूटिकल कम्पनी गिलियाड साइन्सेज इंकले विकास गरेको सो औषधि प्रयोग गर्ने अनुमति दिएको हो । 

औषधि सुईको माध्यमबाट दिइने भएकोले यसको प्रयोग अस्पतालमा डाक्टरको निगरानीमा हुनु पर्ने व्यवस्था गरिएको छ । बिरामीको हित सुरक्षित गर्न हरेक बिरामीले औषधिको प्रयोगबारे लिखित सुसूचित अनुमति दिनु पर्ने व्यवस्था गरिएको छ । 

गत महीना अमेरिकी खाद्य तथा औषधि विभागले आपतकालीन अवस्थामा यसलाई चलाउने अनुमति दिएको थियो । जापानी स्वास्थ्य नियामकहरुले पनि यसको प्रयोगलाई मञ्जुरी दिइसकेका छन् । 

यद्यपि, औषधि पाँच दिनको लागि मात्रै चलाउन मिल्ने विज्ञप्तिमा औषधिको मापदण्ड निर्धारण गर्ने भारतीय नियामक ‘ड्रग्स कन्ट्रोलर जनरल’ले बताएको छ । मंगलबारसम्ममा भारतमा कोरोना संक्रमितको संख्या १ लाख ९८ हजार ७०६ पुगेको छ भने मर्नेको संख्या पनि साढे ५ हजार नाघेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ । 

मध्यम खालका लक्षण देखिएको कोभिड–१९ का बिरामीमा १० दिनसम्म रेम्देसिभिर प्रयोग गर्नेमा खासै राम्रो नतिजा नआएको भएपनि पाँच दिन मात्रै औषधि चलाइएका बिरामीमा यसले अलिअलि फाइदा गरेको पाइएको गिलियाड साइन्सेजले सोमवार बताएको थियो । 

यही तथ्यलाई दृष्टिगत गरेर भारतले पनि पाँच दिन मात्रै औषधि चलाउने अनुमति दिएका स्वास्थ्य मन्त्रालयका एक वरिष्ठ अधिकारीले बताएका छन् । यूरोप र दक्षिण कोरियाली अधिकारीहरुले पनि रेम्देसिभिरको प्रयोग गर्नेबारे विचार गरिरहेका छन् । 

गिलियाडले रेम्देसिभिर इबोला भाइरसबाट लाग्ने रोगको उपचारका लागि विकास गरेको हो । तर अमेरिकामा भएको एक प्रयोगमा कोभिड–१८ का बिरामीलाई यो औषधि दिँदा लक्षणहरु अलि चाँडै निको भएको पाइएको थियो । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्