ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

दोस्रो महीना पनि बढ्यो चीनमा अटो विक्री

२०७७ जेठ, २०  
अन्तरराष्ट्रिय
Image Not Found

जेठ २०, पेचिङ (चीन) । गत महीना चीनमा सवारी साधनको विक्री बढेको छ । त्यहाँको अटो उत्पादक कम्पनीहरुको संगठनले मंगलवार सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो । 

चाइना एशोसिएशन अफ अटोमोबाइल म्यानुफ्याक्चरर्स (काम)ले आधिकारिक विच्याटको खातामा गरेको पोष्टअनुसार मेमा चीनमा २१ लाख ४० हजार थान सवारी साधन विक्री भएको अनुमान छ । यो गत वर्षको सोही अवधिको तुलनामा ११ दशमलव ७ प्रतिशत धेरै भएको बताइएको छ । 

कार विक्री लगातार दोस्रो महीना बढेको यो २ वर्षयताकै पहिलो पटक हो । मुख्य कम्पनीहरुको विक्री तथ्यांक संकलन गरेर यो तथ्यांक निकालिएको भन्दै कामले थप विवरण भने दिएको छैन । 

गत वर्षको सोही अवधिको तुलनामा यस वर्षको  जनवरी देखि मेसम्मको अवधिमा चीनमा विक्री २३ दशमलव १ प्रतिशतले घटेर ७९ लाख थानमा समेटिने कामको अनुमान छ । 

कोरोना भाइरसको महामारीका कारण विश्वको अटो उद्योग चौपट्ट भएको भएपनि चीनमा भने आशाको किरण देखिएको छ । अप्रिलमा पनि चिनियाँ बजारमा अटोको विक्री वार्षिक ४ दशमलव ४ प्रतिशतले बढेर २० लाख ७० हजार थानमा पुगेको थियो । 

यो करीब २ वर्षयताकै पहिलो विक्री वृद्धि भएको तथ्यांकले देखाएको छ । चीनले महामारी प्रभावकारी रुपमा नियन्त्रण गर्‍यो भने पनि गत वर्षको तुलनामा यस वर्ष विक्री १५ प्रतिशतले घट्न सक्ने चेतावनी कामले गत महीना दिएको थियो । 

सन् २०१९ मा चिनियाँ बजारमा २ करोड ५० लाख थानभन्दा धेरै कार विक्री भएका थिए । महामारी निरन्तर रह्यो भने चाँहि वार्षिक विक्री २५ प्रतिशतसम्म घट्ने बताइएको छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्