ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

उपत्यका बाहिरबाट सेयर कारोबार

२०७७ जेठ, २१  
१० वर्ष अघि
NA

नेपाल विश्व व्यापार संगठनको सदस्य हुँदा गरेका प्रतिबद्धताअनुरूप सन् २०१० पछि प्रायः सबै सेवा र व्यापारहरूले विश्व बजारमा प्रतिस्पर्धा गर्ने बाटो खुल्ला हुनेछ । सिद्धान्ततः यसले विदेशी लगानीकर्तालाई नेपालमा र नेपालीलाई विदेशमा समेत उद्योग व्यजसाय गर्न छुट दिन्छ ।

यसका लागि हाम्रा आफ्नै सेवा उत्पादनहरूको बजारलाई विश्व मापदण्डअनुसार सञ्चालन गर्नुको विकल्प छैन । यसअनुरूप नेपाली शेयर बजारको कारोबार पनि क्षेत्रगत सीमाभन्दा बाहिर तथा बाइड एरिया नेटवर्किङमा जाने अपेक्षा गरिएको हो । सोहीअनुरूपको पूर्वाधार विकास र विस्तार (मुख्यगरी साइबर ल र आवश्यक सञ्जालको विस्तार) को कार्य अपेक्षाअनुरूप हुन सकेन । 

पर्याप्त र सुरक्षित ऐन कानुन तथा पूर्वाधारको व्यवस्था नगरी विश्वबजारसँग बोर्डरलेस कारोबार गर्न सकिँदैन । बजार विविधीकरणका लागि क्रस बोर्डर लिस्टिङ र ट्रेड एग्रिमेन्ट नभई छिमेकी देशहरुबीच कारोबार गर्न सकिने सार्क क्षेत्रीय स्टक एक्सचेन्जहरूको संगठन स्थापना गर्ने कुरा पनि बेलाबेलामा सुनिन्छ । तर यसको कार्यान्वयनका लािग नीति निर्माताहरूको छिटोछिटो परिवर्तन हुनु मुख्य बाधक रहेको छ । 

(नवराज पोखरेलको आलेखबाट)
वर्ष ५, अंक २३, २०६६, माघ २५–फागुन २

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्