ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सिटिजन लाइफले शुरू गर्‍यो ‘यूजर पोर्टल’

२०७७ जेठ, २१  
बजार
NA

काठमाडौं (अस) । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ‘यूजर पोर्टल’ शुरू गरेको छ । योसँगै कम्पनीका बीमितले अब आफ्नो विवरण आफैं हेर्न पाउने भएका छन् । विश्वव्यापी कोरोना भाइरसको महामारीका कारण सृजित समस्यालाई दृष्टिगत गर्दै कम्पनीले यस्तो सेवा शुरू गरेको बताएको छ । 

कम्पनीको मोबाइल एप्लिकेशनमार्फत यो सुविधा प्राप्त गर्न सकिनेछ । घरमै बसेर बिनाझन्झट आफ्नो विवरण हेर्न पाउने कम्पनीको भनाइ छ ।  कम्पनीको यो एप प्लेस्टोरबाट सजिलै डाउनलोड गर्न सकिन्छ । एप लगइन गरी आप्mनो पोलिसी नम्बर तथा पासवर्ड राखेर आफूले लिएको बीमा योजना, कुल बीमांक रकम, आपूmले अहिलेसम्म तिरेको बीमा शुल्कको विवरण हेर्न पाइने कम्पनीले बताएको छ । यस्तै भविष्यमा कहिले र कति नवीकरण शुल्क तिर्नुपर्छ भनेर पनि जानकारी लिन सकिने कम्पनीको भनाइ छ । 

साथै कम्पनीले आप्mनो एपमा बीमा शुल्कसहितको प्रिमियम शुल्क गणना गर्ने प्रिमियम क्याल्कुलेटर सुविधा, कम्पनीको सम्पूर्ण योजनाबारे विस्तृत जानकारी, एजेन्ट पोर्टल र सबै शाखा कार्यालयहरूको विवरण पनि उपलब्ध गराइएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्