ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

अस्पताल स्तरोन्नतिका लागि कोरोना कोषबाट ८ करोडभन्दा बढी निकासा

२०७७ जेठ, २१  
प्रदेश ०२
Image Not Found
author avatar कमलेश ठाकुर

जनकपुरधाम । प्रदेश २ का अस्पताल स्तरोन्नतिका लागि प्रदेश सरकारले कोरोना कोषबाट रू. ८ करोडभन्दा बढी निकासा गरेको छ । कोरोना महामारी नियन्त्रण तथा उपचार सहज बनाउन सरकारले स्थापना गरेको कोरोना कोषबाट प्रदेशका विभिन्न अस्पताललाई रू. ८ करोड २३ लाख २५ हजार रकम निकासा गरेको हो ।

दुई चरणमा रकम निकासा गरेको प्रदेश सरकारले पछिल्लो चरणमा मात्र प्रदेशका विभिन्न अस्पतालका लागि ५ करोड १३ लाख ७५ हजार निकासा गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बताएको छ । कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट पर्साको पोखरिया अस्पताललाई औजार उपकरण खरीदमा १० लाख, जनशक्ति व्यवस्थापनमा १० लाख, स्वास्थ्यकर्मीका साथै कोभिड–१९ संक्रमित व्यक्तिलाई खाजा, खाना एवं पानीका लागि १० लाख, औषधि खरीदमा ५ लाख र खानेपानी व्यवस्थापनमा २ लाख गरी कुल ३७ लाख रुपैयाँ उपलब्ध गराइएको छ । 

यसैगरी रौतहटको गौर अस्पताल र मातहतका कोभिड विशेष अस्पताललाई खाजा, खाना तथा पानी व्यवस्थातर्फ २५ लाख, औषधि खरीदका लागि ५ लाख, पानी एवं विद्युत् महशुलमा ६ लाख, पीपीई, स्यानिटाइजर आदि खरीदमा ४ लाख, मेशिनरी औजार मर्मतमा १ लाख ५० हजार, जनशक्ति व्यवस्थापनमा १० लाख, सरसफाइमा १ लाख ५० हजार र बेड सेट खरीदका लागि ३ लाख गरी रू. ५६ लाख पठाइएको छ । सर्लाहीको मलंगवा अस्पताल र मातहतका कोभिड अस्पतालका लागि औषधि खरीदतर्फ ५ लाख, जनशक्ति व्यवस्थापनका लागि १० लाख, खाजा, खाना एवं पानी व्यवस्थापनमा १० लाख, मेशिनरी औजार उपकरण खरीदका लागि २ लाख, बेड तथा फर्निचरको व्यवस्थाका लागि ५ लाख, क्वारेन्टाइन वास खर्चका लागि ४ लाख, कार्यालय सामग्री र इन्धनका लागि १÷१ लाख, सवारीसाधन भाडामा लिन १ लाख, आइसोलेसन भवन मर्मत सम्भारका लागि १ लाख, सञ्चार महशुल २५ हजार र पानी तथा विद्युत् महशुल ५० हजार गरी रू. ४० लाख ७५ हजार निकासा गरिएको छ । 

सप्तरीको भारदह अस्पतालमा प्रिफ्याब भवन निर्माणका लागि १ करोड ७५ लाख, फर्निचर प्रयोजनमा २५ लाख, शौचालय निर्माणमा २५ लाख, अस्पताल रंगरोगनका लागि १० लाख, ल्याब सेटअपका लागि ५० लाख र इलेक्ट्रिफिकेशन, प्लम्बिङतर्फ ५ लाख गरी २ करोड ९० लाख रकम पठाइएको छ । यसैगरी सिरहाको सिरहा अस्पताल र मातहतको कोभिड अस्पतालका लागि औषधि एवं स्वास्थ्य सामग्री खरीदतर्फ १० लाख, अक्सिजन पाइपलाइन निर्माणका लागि १० लाख, सीसीटीभी एवं मेशिनरी औजार खरीदका लागि ५ लाख, बेड सेट एवं फर्निचर खरीदका लागि ५ लाख, क्वारेन्टाइन वास खर्चका लागि ५ लाख, खाजा, खाना एवं पानी व्यवस्थापनमा १० लाख, आइसोलेशन कक्ष निर्माणका लागि १० लाख गरी ६५ लाख र सप्तरीको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल मातहत रहेको साइकृष्ण मेडिकल कलेज कोभिड–१९ लेभल १ अस्पतालमा आइसोलेसन कक्ष बनाउन नेपाली सेनाको भीमदल गणलाई रू. २५ लाख उपलब्ध गराइएको छ । पर्साको पोखरिया र सप्तरीको भारदह अस्पताललाई प्रदेश सरकारले हालै ५० शøयाको अस्पताल स्तरोन्नति गर्ने निर्णय गरेको थियो । प्रदेश सरकारले यसअघि उपचार कोषबाट गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताललाई १० लाख, सप्तरीको भारदह अस्पताललाई ३१ लाख, लहान अस्पताललाई १९ लाख ५० हजार, सिरहा अस्पताललाई १९ लाख ५० हजार, प्रादेशिक अस्पताल जनकपुरलाई ३१ लाख २५ हजार, जलेश्वर अस्पताललाई १९ लाख ५० हजार, मलंगवा अस्पताललाई १९ लाख ५० हजार, गौर अस्पताललाई १९ लाख ५० हजार, कलैया अस्पताललाई ३१ लाख २५ हजार, पोखरिया अस्पताल पर्सालाई ३१ लाख २५ हजार, र नारायणी अस्पताललाई खाद्यान्न र पीसिआरका लागि ३ करोड ९ लाख ५० हजार रुपैयाँ उपलब्ध गराएको थियो । प्रदेश सरकारले उपचार कोषको अतिरिक्त सामाजिक विकास मन्त्रालयको बजेटबाट समेत विभिन्न अस्पताललाई खर्च उपलब्ध गराएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्