ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

शेयर लगानीकर्ता दबाब समूहद्वारा आन्दोलन घोषणा

२०७७ जेठ, २१  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । पहिलादेखि नै संकटग्रस्त बनेको पूँजीबजारलाई राहत हुने खालका कार्यक्रम बजेटमा नसमेटेको भन्दै शेयर लगानीकर्ता दबाब समूहले आन्दोलन घोषणा गरेको छ । सरकारले गठन गरेको अध्ययन समितिको ५८ बुँदे सुझावमध्ये पूँजीबजारसम्बन्धी २० ओटा मुख्य कामहरू तत्काल कार्यान्वयन गर्नुपर्नेलगायत २५ बुँदे मागसहित समूहले आन्दोलन घोषणा गरेको हो ।

लकडाउन जारी रहँदा रहँदै पनि २ दिन खोलिएको शेयर कारोबार रद्ध गर्न, ब्रोकर र नेप्सको कमिशन घटाउन, शेयर धितो कर्जाको सीमा ८० प्रतिशत पुर्‍याउन र मार्जिन कलको सामना गर्ने अवस्थामा रहेका लगानीकर्तालाई असोज मसान्तसम्म मार्जिन कल नगर्ने ब्यवस्था गर्न समूहले माग गरेको छ । 

कोरोना संकट र लगातारको लकडाउनका कारण असार मसान्तभित्र तिर्न नसकेको बक्यौता सावाँब्याज तिर्न असोज मसान्तसम्मको म्याद कायम गर्न समेत दबाब समूहको माग छ । त्यस्तै, कोरोना संकट र लकडाउनका कारण पूँजीबजारका लगानीकर्तालाई पनि गम्भीर क्षति पुगेको भन्दै सरकारले तत्काल रू. २ अर्बको पुनर्कर्जा कोष ब्यवस्था गर्न र वाणिज्य बैंकका सहायक कम्पनीहरूलाई तत्काल ब्रोकर लाईसेन्स दिन माग गरेका छन् । 

कोरोना संक्रमण र लगातारको लकडाउनबाट उठ्नै नसक्ने अवस्थामा पुगेको पूँजीबजारलाई सरकारको नयाँ बजेटले उद्धार गर्छ भन्ने आशा तुहिएको दबाब समूहको ठम्याइ छ । यसर्थ यो अवस्थामा लाखांै सर्वसाधारणको सम्पत्ति सुरक्षा गरी बजारको सुधार र बिस्तारका लागि बाध्यकारी अवस्था सिर्जना गर्न १ हजार शेयर लगानीकर्ताहरू लकडाउन खुलेको दिनदेखि आन्दोलनमा जाने घोषणा समूहले गरेको छ । 

समूहले माग गरेको २५ ओटा बुँदा लकडाउन अवधिभित्र पूरा नभएमा लकडाउन अन्त्य भएकै दिनदेखि अर्थमन्त्री डा. युवराज खतिवडालाई  बर्खास्त नगरेसम्म आमरण अनसन शुरू गर्ने घोषणासमेत समूहले गरेको छ । आमरण अनसनमा तिलक कोइरालको नेतृत्वमा पाँच जना लगानीकर्ता सहभागी हुने बताइएको छ । लकडाउन खुलेकै दिनदेखि नेपाल धितोपत्र बोर्ड, जावलाखेलमा आन्दोलन शुरू गर्ने दबाब समूहको तयारी छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्