ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बारामा आजदेखि व्यवसाय आलोपालो खुल्ने

कुन दिन कुन व्यवसाय खोल्न पाइन्छ ?

२०७७ जेठ, २१  
प्रदेश ०२
Image Not Found
फाइल फोटो
author avatar अभियान संवाददाता

जेठ २१, वीरगञ्ज । लकडाउनका कारण व्यापार व्यवसाय चौपट भएको भन्दै विरोध हुन थालेपछि बारामा बुधवारदेखि आलोपालो प्रणालीमा व्यवसाय सञ्चालन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना निकालेर लकडाउनलाई व्यवस्थित बनाउन सदरमुकाम कलैया उपमहानगरमा व्यवसाय सञ्चालनको दिन तोकिदिएको हो । 

प्रशासनको सूचनाअनुसार कपडा, साइकल, मोटरसाइकल, मोटर तथा मोटर पार्ट्स, विद्युतीय सामग्री, श्रृंगारका सामान, जुत्ता, चप्पल र सैलुन व्यवसाय आइतवार र मंगलवार खुला रहने छन् । त्यसैगरी किराना, खद्यान्न, आलु प्याज, किटनाशक, बीउबिजन, मलखादका पसलहरू सोमवार, बुधवार, शुक्रवार र शनिवार सञ्चालन हुने सूचनामा उल्लेख छ । 

हार्डवेयर, सुनचाँदी, भाडा वर्तन, टेलरिङ, फर्निचर र अन्य पसललाई साताको बिहीवार खोल्ने अनुमति दिइएको छ । व्यापारीहरुले व्यवसाय सञ्चालन गर्दा कोरोना संक्रमण नियन्त्रणको सुरक्षा मापदण्ड अपनाउनुपर्ने छ । 

जिल्लाका अन्य बजार क्षेत्रमा स्थानीय उद्योग वाणिज्य संघ र किराना व्यापार संघले तोकेको समय तालिकाअनुसार व्यवसाय सञ्चालनको व्यवस्था मिलाइएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए । ढुवानीका लागि पनि समय निर्धारण गरिएको उनले जानकारी दिए ।

माछा, कुखुरा, पशुपंछीको दानाजस्ता बस्तुको ओसारपसार साँझ ५ बजेदेखि बिहान ५ बजेभित्रमा गरिसक्नुपर्ने छ । सिमेण्ट, डण्डी, जस्तापाता, कोइला, बिटुमिन, क्लिंकर र अन्य निर्माण सामग्री बिहान ११ देखि अपरान्ह ३ बजेको समयबाहेक अन्य समय पारेर ढुवानी गर्न प्रशासनले भनेको छ । 

उद्योग सञ्चालनका लागि मजदूरलाई उद्योग परिसरसभित्रै आवासीय व्यवस्था मिलाइनुपर्ने भएको छ । सीमा नाकाहरूबाट आउँदो असार १६ गतेसम्म आवातजावतमा रोक लगाइएको छ । नाकाबाट अनुमतिविना आउ-जाउ गर्न पाइने छैन । अत्यावश्यकीय सेवालाई भने दैनिक रुपमा सञ्चालनको व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी पण्डितले बताए ।    
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्