ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

दैलेख जिल्लालाई संघीय सरकारको बजेट गत वर्ष भन्दा कम 

२०७७ जेठ, २१  
कर्णाली प्रदेश
Image Not Found
author avatar पंखबहादुर शाही

जेठ २१, दैलेख । दैलेख जिल्लालाई विगतका दुई आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७७/०७८ मा संघीय सरकारबाट प्राप्त गर्ने अनुदान बजेटमा कमी आएको छ ।

अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गत सरकारले विभिन्न चार शीर्षकका अनुदानमा  संघीय सरकारबाट स्थानीय सरकारलाई दिईने बजेट गत वर्षको तुलनामा करीब २ अर्बको हाराहारीका कमी आएको हो । 

भौगोलिक हिसाबले पछि परेको र पूर्वाधारको अभावमा रुमलिएको दैलेखमा संघीय बजेट यो वर्ष जम्मा ३ अर्ब ४४ करोड ५ लाख रकम विनियोजन भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार गत आर्थिक वर्ष ५ अर्ब ८४ करोड ४० लाख ६९ हजार जिल्लामा आएको थियो । 

यस्तै आर्थिक वर्ष ०७५/०७६ साढे ५ अर्ब आएको थियो । जिल्लाका ४ ओटा नगरपालिकालाई यो वर्ष १ अर्ब ४३ करोड ५४ लाख विनियोजन भएको छ भने, ७ ओटा गाउँपालिकालाई २ अर्ब ५१ लाख रकम विनियोजन भएको छ । 

४ नगरपालिका तथा ७ ओटा गाउँपालिका रहेको दैलेखको दुल्लू नगरपालिकालाई सबैभन्दा धेरै बजेट ४५ करोड ९५ लाख विनियोजन भएको छ । गाउँपालिका मध्ये सबैभन्दा धेरै गुराँस गाउँपालिकालाई ३४ करोड ५१ लाख बजेट रहेको छ ।  

सबैभन्दा कम बजेट पाउने नगरपालिका चामुण्डाबिन्द्रासैनि हो, भने, ‘गाउँपालिका ठाटीकाँध हो । ११ ओटा स्थानीयतह मध्ये यी दुई स्थानीयतह भौगोलिक विकटता सँगै विकासका हिसाबले पनि पछि छन् । संघीय सरकारले चामुण्डालाई ३० करोड २५ लाख रकम अनुदान दिएको छ, भने, ‘ठाटीकाँधलाई २२ करोड ५६ लाख रकम अनुदान दिएको छ ।’ समान्यिकरण शीर्षक अन्तर्गतको अनुदान ४ नगरपालिकाले ४३ करोड ८७ लाख र ७ गाउँपालिकले ६० करोड ४५ लाख गरी जम्मा १ अर्ब ४ करोड ३२ लाख प्राप्त गरेका छन् । 

यस्तै, शसर्त अनुदान सबै स्थानीयतहले २ अर्ब १७ करोड ६१ लाख प्राप्त गरेका छन् । यस्तै विशेष अनुदान १० स्थानीयतहले १६ करोड ४९ लाख प्राप्त गरेका छन् । जसमा नौमुले गाउँपालिकाले यो वर्ष पाउने छैन । 

समपुरक अनुदान अन्तर्गत ६ ओटा स्थानीय तहले ५ करोड ६३ लाख पाएका छन् । यस्तै आठबीस, नारायण नगरपालिका र नौमुले, भैरवी तथा महावु गाउँपालिकाले समपुरक अनुदान पाउने छैनन्  । 

दुल्लू नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीले बजेट जतिनै आएपनि विकास बजेट कम हुने भएकाले अझै पनि स्थानीयतहमा जनताले सोचे जस्तै काम गर्न नसकिएको बताए । ‘यो वर्ष कोरोनाको महामारीले निकै सकसपूर्ण अवस्था छ,’ उनले भने, ‘अहिलेको नीति, कार्यक्रम तथा बजेटमा हाम्रो सबैभन्दा पहिला पूर्वाधार, कृषि र शिक्षा नै प्राथमिकतामा राखिने योजना छ । 

भण्डारीले कोरोनाका कारण भारत लगायतका अन्य वाह्य मुलुकबाट रोजगारी गुमाएर गाउँ फर्किएका युवाहरुलाई रोजगारी प्रवर्द्धन गर्ने खालका कार्यक्रमहरुलाई मध्यनजर गर्दै यो वर्षको नीति, कार्यक्रम र बजेट ल्याईने बताए । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्