ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

लकडाउनपछि  हिमालयन पावर पार्टनरको आयोजना निर्माण कार्य अवरुद्ध

 आगामी असोजभित्र सम्पन्न गर्ने लक्ष्य 

२०७७ जेठ, २१  
लगानी
Image Not Found
फाइल फोटो
author avatar अभियान संवाददाता

जेठ २१, काठमाडौं । हिमालयन पावर पार्टनरले निर्माण गरिरहेको आयोजनाको निर्माण कार्य लकडाउनका कारण रोकिएको छ । 

गत चैत मसान्तभित्र निर्माणकार्य सम्पन्न गरि व्यापारिक उत्पादन शुरु गर्ने लक्ष्य लिएको उक्त कम्पनीले लकडाउनका कारण उक्त लक्ष्य अन्योल बनेको बताएको छ । असारदेखि लकडाउनको स्वरुप खुकुलो भई निर्माण कार्य शुरु भए आगामी असोज सम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य कम्पनीको छ । 

उक्त कम्पनीले लमजुङ जिल्लामा रहेको दोर्दीखोलाको पानी उपयोग गरि २७ मेगावाट क्षमताको दोर्दीखोला आयोजना निर्माण गरिरहेको हो । 

विसं २०७१ साल पुस महीनादेखि निर्माण कार्य शुरु गरि विसं २०७५ जेठ भित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहे पनि विसं २०७२ सालको विनासकारी भुकम्प र नाकावन्दीपछि हालको कोरोना संक्रमणले आयोजनाको निर्माण कार्य अनिश्चित बनेको हो ।

उक्त आयोजनाको कुल लागत रू. ४ अर्ब २३ करोड ५४ लाख १७ हजार रहेको छ ।आयोजना निर्माणका लागि संस्थापकतर्फबाट ७० प्रतिशत र सर्वसाधारणबाट ३० प्रतिशत शेयर स्वामित्व रहने गरी रू. १ अर्ब ६ करोड ५४ लाख १७ हजार चुक्तापूँजी कायम गरी उक्त कम्पनीले लगानी गरेको छ ।

सर्वसाधारणलाई उक्त कम्पनीले विसं २०७४ साल असारमा शेयर विक्री गरेको हो ।  जिल्लामा आयोजनाबाट व्यापारिक उत्पादन शुरु नगरको उक्त कम्पनीले खर्चलाई पनि सोहि आयोजनामा पूँजीकृत गरेकाले आम्दानी र खर्चको विवरण उल्लेख गरेको छैन । जसका कारण कम्पनीको प्रतिशेयर आम्दानी पनि गणना गर्न नसकिएको कम्पनीले प्रष्ट पारेको छ ।  

चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण बुधवार सार्वजनिक गरेको उक्त कम्पनीको कुल सम्पत्ति रू. ३ अर्ब ५४ करोड ४४ लाख ५८ हजार रहेको छ । यो सम्पत्ति गत वर्षको यसै अवधिसम्म रू. २ अर्ब ७५ करोड ४ लाख १९ हजार थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको कुल सम्पत्ति बढेको छ । 

तेस्रो त्रैमाससम्म उक्त कम्पनीले लिएको कर्जा रकम रू. २ अर्ब ४१ करोड १४ लाख ४९ हजार रहेको छ । गत वर्ष यस अवधिसम्म उक्त कम्पनीले रू. १ अर्ब ६४ करोड ५४ लाख १३ हजार कर्जा लिएको थियो । कर्जा रकम भने गत वर्षभन्दा यस वर्ष बढी रहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्