ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

पाल्पाका ९२ विद्यालयमा २६१ कक्षाकोठा पुनर्निर्मित

लक्ष्यअनुरूप अझै पुनर्निर्माण हुन सकेन

२०७७ असार, ३  
गण्डकी प्रदेश शिक्षा
NA
author avatar अभियान संवाददाता

काठमाडौं । पाल्पामा लक्ष्यअनुरूप विद्यालय पुनर्निर्माण हुन नसकेकोमा सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । शिक्षा पत्रकार समूहले मंगलवार आयोजना गरेको ‘पाल्पामा विद्यालय पुनर्निर्माण’ विषयक भर्चुअल संवादमा सहभागीहरूले उक्त विषयमा विशेष चासो राखेका हुन् ।

२०७२ सालको भूकम्पले पाल्पाका २१७ विद्यालयका ६७१ कक्षाकोठा क्षतिग्रस्त भएकोमा हालसम्म ९२ विद्यालयका २६१ कक्षाकोठा र ४५ ओटा शौचालय पुनर्निर्माण भएको छ । यस्तै ९७ विद्यालयका १८९ कक्षाकोठा, ५४ शौचालय र ५५ ओटा खानेपानी निर्माण भइरहेको जिल्ला आयोजना कार्यान्वयन एकाइले बताएको छ ।

भर्चुअल संवादमा केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (सीएलपीयू) शिक्षाका आयोजना निर्देशक चूडामणि पौडेलले देशभर अहिलेसम्म ५ हजार ६०० (७५ प्रतिशत) विद्यालयको पुनर्निर्माण भएको जानकारी दिए । चालू आर्थिक वर्षमा ९५ प्रतिशत निर्माण सकिसक्ने कार्यक्रम रहेकोमा कोभिड–१९ ले प्रभावित बनाएको उनले बताए । आर्थिक वर्ष २०७७÷७८ भित्र काम सक्नेगरी निर्माणलाई गति दिने उनको भनाइ छ ।

पाल्पामा विद्यालय भवन बनाउन जग्गा अभाव, विद्यालयमा विद्यार्थी संख्या कम छ । यस्तोमा चारकोठे ट्रस भवन निर्माण उपयुक्त देखिए पनि स्थानीयले इच्छा नगर्दा केही भवन निर्माण हुन नसकेको पुनर्निर्माण प्राधिकरणको शिक्षा एकाइअन्र्तगत जिल्ला आयोजना एकाइ प्रमुख लक्ष्मण देवकोटाले बताए । ‘पुनर्निर्माणको काममा दक्ष जनशक्तिको अभाव र  भौगोलिक विकटताले पनि काममा कठिनाइ हुने गरेको छ,’ उनले भने, ‘यस्तै लकडाउनले निर्माण सामग्रीको अभाव, निर्माण भइरहेको विद्यालयमा क्वारेन्टाइन बनेको, अर्धदक्ष र अदक्ष कामदार जिल्ला बाहिर रहेकाले पनि काममा कठिनाइ भएको छ ।’

यद्यपि पाल्पामा लकडाउनको समयमा पनि वैकल्पिक उपायबाट भवन, शौचालय र खानेपानी निर्माण पुनः संचालन गरिएको छ । स्थानीय प्रशासन र स्थानीय तहसँगको समन्वयमा निर्माण सामग्रीको व्यवस्थापन तथा काम अघि बढाइएको देवकोटाले बताए ।

कार्यक्रममा दमकडा माविका प्रधानाध्यापक मोहन सापकोटाले जमीन अभाव र खर्चका हिसाबले अवस्था हेरी चारकोठे भवन निर्माणमा जोड दिन आग्रह गरे । झ्याल ढोकाको निर्माणमा फलामको सट्टा सालको काठ प्रयोग गन स्वीकृति दिए टिकाउ र सर्वसुलभ हुने उनले बताए । उद्बुद्ध माविका प्रधानाध्यापक लोकहरि देवकोटाले लकडाउनले काममा ढिलाइ भएकाले भवन निर्माणको म्याद थप्न आग्रह गरे । आधारभूत माविका अध्यक्ष कमल भट्टराईले चारकोठे भवन र शौचालयको काम सकेर खानेपानीको काम शुरू गरिएको जानकारी गराए ।

भर्चुअल संवादमा उठेका प्रश्नको जवाफ दिँदै केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा)का निर्देशक चूडामणि पौडेलले भने विद्यालय छनोटदेखि निर्माण सम्पन्न हुने बेलासम्मका लागि स्पष्ट निर्देशिका बनेको र गुणस्तरमा कुनै पनि सम्झौता नगरिएको बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्