ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बिमा कम्पनीविरुद्ध मुद्दैमुद्दा

२०७७ असार, ७  
१० वर्ष अघि
NA

कम्पनीहरूको विस्तारसँगै उनीहरूविरुद्ध मुद्दा पर्ने क्रम पनि बढेको छ । २६ मध्ये १७ वटा बिमा कम्पनीहरूको परेको ३५ वटा मुद्दा अहिले बिमा समितिमा विचाराधीन छ । दुईवटा मुद्दा अदालतमा छन् । यीमध्ये अधिकांश चालु आर्थिक वर्षमा परेका मुद्दाहरू हुन् ।

नियामक निकाय भएकाले बिमा समितिको फैसलालाई जिल्ला अदालतले गरेको फैसलासरह मानिन्छ । त्यही कारण बिमा समितिले गरेका फैसलाविरुद्ध पुनरावेदन अदालतमा उजुरी दिने प्रचलन छ । तर, समितिले  गरेका फैसलाप्रति असहमत भएर पुनरावेदन गएका घटना निकै कम छन् । गत वर्ष फैसला  भएका ४१ मुद्दा मध्ये एउटाको विरुद्ध  पनि पुनरावेदन परेन । ‘हामीले सबै तथ्य भिडाएर फैसला गर्छौं त्यसैले हामीविरुद्ध पुनरावेदन परेका घटना निकै कम छन् ।’ समितिको कानुन शाखाका प्रमुख शेखर अर्याल भन्छन् ।
मुद्दा फैसलाका लागि समितिमा अर्यालका नेतृत्वमा ३ जना कानुनसँग सम्बन्धित कर्मचारीहरू छन् । मुद्दाको गम्भीरता हेरी बोर्डका पदाधिकारी र कहिलेकाहीँ बाहिरका विज्ञहरूसँग पनि छलफल गर्ने गरिएको जानकारी पनि अर्यालले दिए । अनौठो कुरा के छ भने जिल्ला अदालतको रूपमा रहेको समितिले मुद्दा फैसलाको रूपमा पक्ष विपक्ष झिकाएर बहस गराउँदैन, कागजपत्रको अध्ययनकै आधारमा फैसला  गर्छ । कुनै पनि कम्पनीको विरुद्ध मुद्दा दर्ता हुनासाथ त्यसबारेमा १५ दिनभित्र स्पष्ट पार्न निर्देशन दिन्छ  । त्यही अनुसार  प्राप्त कागजपत्रको अध्ययन गरेर फैसला गर्ने वा थप कागजात मगाउने बन्नेबारेमा टुंगो गरिन्छ ।

वर्ष ५, अंक २४, २०६६, फागुन ३–९

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्