ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

मान्छे निर्यातमै जोड गरौं

२०७७ असार, ८  
१० वर्ष अघि
NA

‘केही नपाए सिस्नुको खोले खाएर बाँचौँला ?’ उपायविहीन नेपालीहरूको लोकबोली हो यो । तर अब त त्यही सिस्नुको धुलो पनि विदेश निर्यात हुन थालेछ । मुुलुक गरिब हुँदै गयो भनेर गरिब मान्छे नै निर्यात गर्ने गरेकोसम्म त ठीकै थियो । तर यो गरिबको आहारा मानिएको सिस्नु पनि निर्यात गर्दिन थालेपछि आफैं निर्यात हुन नसकेका बिचरा गरिबहरुले अब के खाने ? त्यतिमात्र कहाँ हो र ? कोदोका पिठोको कुकिज बनाएर बेच्ने, फापरको पिठो नै निर्यात गर्ने आदि समाचारहरू पनि सुनिन थालेका छन् । यस्तो निर्यात व्यापारलाई गरिबहरूको खानामाथि धनीहरूले गरेको ठूलो आक्रमण मान्नुपर्छ ।

निर्यात बढाउनु नै पर्ने भए मान्छेकै निर्यात बढाए भइहाल्थ्यो नि ? आखिर देश धनी पार्न धेरै थोक नै निर्यात गर्नुपर्ने होइन क्यारे ?

भुटानले जलस्रोत र बेल्जियमले चक्लेट मात्र निर्यात गरेर पनि धनी बनेझैं नेपालले नि मान्छे मात्र निर्यात गरे भइहाल्थ्यो नि ? नेपालका श्रममन्त्रीले चाहिँ यो कुरा बुझेजस्तो छ । त्यसैले नयाँनयाँ बजार खोजेर नेपालीहरूको निर्यात बढाउन उनी दिलोज्यानले लागेका देखिन्छन् ।

तर, अब त्यतिमै मात्र सन्तोष गरेर बस्न भने नमिल्ने देखिन्छ । यो मान्छे निर्यात उद्योगको फरवार्ड  ब्याकवार्ड लिंकेजको पनि खोजी गर्नु जरुरी भइसकेको छ । मान्छेको ब्याकवार्ड लिंकेज भन्नाले विदेशीहरूका लागि महिलाहरूले आफ्नो गर्भ भाडामा दिने सेवा पनि पर्छ ।

(तीतोमीठोबाट)
वर्ष ५, अंक २४, २०६६, फागुन ३–९

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्