ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

रिठ्ठाको व्यावसायिक खेती

२०७७ असार, ९  
१० वर्ष अघि
NA

वनजंगलमा सजिलै पाइने रिठ्ठा आयआर्जनको बलियो स्रोत बन्न थालेपछि पूर्वाञ्चलका किसानले यसको व्यावसायिक खेती सुरु गरेका छन् । उत्पादनको तुलनामा विदेशबाट माग बढी आउन थालेका कारण किसानले रिठ्ठाको व्यावसायिक खेती गर्न थालेका हुन् ।

वनजंगल र खेतबारीमा त्यसै खेर गइरहेको रिठ्ठाबाट अहिले किसानले मनग्गे आमदानी गर्न थालेका छन् । भारतको कलकत्ता र जर्मनीमा रिठ्ठा निकासी हुने गरेको छ । किसानले संकलन गरी ल्याएको रिठ्ठा उदयपुरको कटारी, बेल्टार, मुर्कुचीलगायतका क्षेत्रमा जडीबुटीको व्यापार गर्दै अएका व्यक्तिहरुले न्यून मूल्यमा खरिद गरी अन्य व्यापारीलाई बिक्रीको साथै विदेश निर्यातसमेत गर्दै आएका छन् ।

गत वर्ष २५ टनभन्दा बढी रिठ्ठा व्यापारीले जर्मनी र कलकत्ता निर्यात गरेको बताइएको छ । यद्यपि जिल्ला वन कार्यालयले भने त्यति ठूलो परिमाणमा संकलन गर्न आदेश नदिएको बताएको छ । संकलन आदेश बेगर राज्यलाई बुझाउनुपर्ने राजस्वसमेत छली रिठ्ठा विदेश निर्यात गरेको हुन सक्ने वन कार्यालयका कर्मचारीले बताएका छन् । वन कार्यालयको पञ्चवर्षीय योजनामा ७५ हजार किलोग्राम संकलन गर्नसक्ने उल्लेख भए पनि यो वर्ष वन कार्यालयले करिब एक हजार २ सय किलो रिठ्ठा संकलन गर्न आदेश दिएको नासु कपिल रेग्मीले जानकारी दिए । रिठ्ठा गुणस्तरीय स्याम्पु र साबुन बनाउन आवश्यक कच्चा पदार्थ भएकाले विदेशमा यसको अधिक माग हुने गरेका व्यापारीहरूले बताएका छन् । जिल्लाका धेरै गाउँमा रिठ्ठाको उत्पादन हुने भए पनि संरक्षणको अभावमा कारण निकै कम उत्पादन हुने गरेको जिल्ला वन कार्यालयका अधिकृत शान्तमणि ताम्राकारले बताए ।

वर्ष ५, अंक २४, २०६६, फागुन ३–९

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्