ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

फैसला निरन्तर मजदुरको पक्षमा

२०७७ असार, १०  
१० वर्ष अघि
NA

कम्पनी र मजदुरबीचको विवाद सम्बद्ध मुद्दाहरूमा सर्वोच्च अदालतबाट शृंखलाबद्ध रूपमा कम्पनीहरूको विपक्षमा फैसला भइरहेको देखिएको छ । मुद्दा फैसलाको क्रममा सर्वोच्च अदालतले केही नजिरहरूसमेत स्थापित गरेको छ । व्यवसायीहरूले निरपेक्ष ‘हायर एन्ड फायर’ को नीति लागू हुनुपर्ने माग गरिरहेका बेला भएको यी फैसलाहरूको असर नयाँ बन्ने श्रम नीतिमा प्रतिविम्बित हुने देखिएको छ । सर्वोच्च अदालतबाट सबैभन्दा पछिल्लोपटक मुद्दा हार्नेमा पेय पदार्थ पेप्सीकोला उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी वरुण वेभरेज रहेको छ । सेल्स एक्जुकेटिभ रमेशभक्त श्रेष्ठलाई हटाएको विषयमा ०६४ साल असार १९ गते परेको मुद्दामा फागुन ४ गते फैसला गर्दै सर्वोच्चले कम्पनीलाई हराएर श्रेष्ठलाई पुनःस्थापित गरिदिएको छ । त्यसअगाडि माघ १९ गते अर्को बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपाल (कोकाकोलाको उत्पादक कम्पनी) विरुद्ध सर्वोच्च अदालतले फैसला गरेको थियो ।  सो कम्पनीले  २०६३ मंसिर १९ गते आर्थिक हिनामिना र चोरी गरेको आरोपमा बर्खास्त गरेको डेपुटी सेल्स एक्ज्युकेटिभ अरुणकुमार दत्ता र सेल्स एक्जेक्युटिभ द्वय वसन्त मगर र नेत्रबहादुर खाँडसँग सम्बन्धित मुद्दामा सर्वोच्चले कम्पनीको विपक्षमा फैसला गरेको हो । सर्वोच्चको  फैसलापछि उनीहरू हटाएको मितिदेखिकै तलब सुविधासहित पुनर्बहाली भएका छन्  ।

‘कन्स्ट्रक्टिभ डिसमिसल’ सेवासुविधा योजना र व्यवस्था तहसम्मलाई श्रम ऐन लागू हुने गरी नजिरहरुसमेत यी फैसलाबाट स्थापित गरेको छ । । लक्ष्मी उड क्राफ्टसँग सम्बन्धित आठ वर्ष पुरानो मुद्दालाई किनारा  लगाउँदै सर्वोच्चले कन्स्ट्रक्टिभ डिसमिसलको मान्यता स्थापित गरेको हो ।

वर्ष ५, अंक २५, २०६६, फागुन १०–१६

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्