ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तिनाउ मिसन डेभलपमेण्टको बोनस शेयरको मूल्य समायोजन

२०७७ असार, ११  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार ११, काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तिनाउ मिसन डेभलपमेण्ट बैंकको बोनस शेयरको मूल्य समायोजन भएको छ । नेप्सेले १२ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. १६१ तोकेको छ । 

कम्पनीेले प्रस्तावित १२ प्रतिशत बोनस शेयर पारित गर्न असार २५ गते १३औंं वार्षिक साधारण सभा बोलाएको छ ।

सभाले बोनस पश्चात कायम चुक्तापूँजीको आधारमा ३ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत पारित गर्ने भएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १४ करोड ४१ लाख ६८ हजार छ ।

सोहि पूँजीको अधारमा १२ प्रतिशत बोनस शेयर दिन लागेको उक्त कम्पनीले बोनस पश्चात कायम रू. १ अर्ब २८ करोड १४ लाख ६८ हजार चुक्तापूँजीको आधारमा ३ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्नेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्