ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

संक्रमितको मृत्यु भएसँगै पश्चिमाञ्चल अस्पतालको आकस्मिकबाहेकका सबै सेवा बन्द

२०७७ असार, ११  
गण्डकी प्रदेश
Image Not Found

असार ११, कास्की । स्वास्थ्य विज्ञान प्रतिष्ठान क्षेत्रीय पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले आकस्मिकबाहेकका अन्य सेवा बन्द गरेको छ  । 

अस्पतालमा उपचारत कोरोना संक्रमित स्याङ्जाका ५५ वर्षीय पुरुषको बुधवार राति मृत्यु भएपछि उनको शव व्यवस्थापन गर्नुपर्ने भएकाले बिहीवार सेवा बन्द गरिएको अस्पतालका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए ।

स्याङ्जाको आँधीखोला गाउँपालिका सिरुबारीका पुरुषमा  मधुमेह र निमोनियाको समेत समस्या थियो । उनलाई श्वासप्रश्वासमा समस्या भएपछि यही असार ८ गते  पोखरा ल्याएर भेन्टिलेटरमा राखी उपचार गरिएको थियो । डा  आचार्यका अनुसार बिहीवार शव व्यवस्थापन गरिएपछि शुक्रवारदेखि सबै सेवा नियमित सञ्चालन हुनेछ । 

गण्डकीमा यसअघि जेठ २५ गते स्याङ्जा, वालिङ –३ का ५८ वर्षीय पुरुषको क्षेत्रीय अस्पतालको आइसोलेशनमा मृत्यु भएको थियो ।  बिहीवार बिहान चार जिल्लाका ११ जनामा संक्रमण पुष्टि भएसँगै गण्डकी प्रदेशमा सङ्क्रमित ७५३ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । 

उपचाररत संक्रमितमध्ये गण्डकीमा ९१ जना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्