ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

प्यूठानमा बिहीवार बिहान ७ जनामा कोरोना संक्रमण पुष्टि

२०७७ असार, ११  
प्रदेश ०५
Image Not Found
author avatar अभियान संवाददाता

असार ११, प्यूठान । प्यूठानमा आज (बिहीवार) बिहान थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थय प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा २ महिला र ५ पुरुषमा कोरोना भाइरस संक्रमणको पुष्टी भएको स्वास्थ्य कार्यालय प्यूठानका फोकल पर्सन पुस्कल श्रेष्ठले जानकारी दिए । उनका अनुसार आज बिहान पुष्टि भएका ७ जना सबै ऐरावती गाउँपालिका २ का रहेका छन् । उनीहरूको उमेर १८ देखि ५० बर्षसम्म बीच रहेको छ । यससँगै प्यूठानमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ भने २ जना उपचारपछि निको भएका छन् ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्