ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सुचारु हुने प्रतिक्षामा केन्द्रीय बसपार्क (फोटो फिचर)     

२०७७ असार, ११  
फोटो फिचर
Image Not Found
author avatar अभियान संवाददाता

असार ११, काठमाडौं ।  विश्वभर फैलिएको कोरोना भाइरसको कारणले गर्दा गरिएको लकडाउनपछि नेपालमा गत चैत ११ गतेदेखि सार्वजनिक यातायात सेवा बन्द छन् ।

सवारी बन्द भएसँगै करीब साढें ४ लाख सवारीसाधान ग्यारेजमा थन्किएका छन् । र यसवीचमा यातायात क्षेत्रका करीब १० लाखको रोजगारी र तिनका झण्डै  ५० लाख आश्रित परिवार संकटमा परेका छन् ।

यो अवधिमा  मुलुकको ध्यान कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि केन्द्रित छ । र योबीचमा जारी लकडाउनका कारण नेपालको अर्थतन्त्रमा असर पुगेको छ ।

 

 तिन महीना अगाडि दुई चार जनामा कोरोना भाइरसको संक्रमण फेला परेकोमा बुधवारसम्म नेपालभर कोरोना संक्रमितको संख्या बुधवारसम्ममा १० हजार ७२८ पुगीसकेको छ  भने संक्रमणका कारण २४ जनाको मृत्यु पनि भइसकेको छ ।

देशको अर्थतन्त्र तथा करीब रू.१० अर्ब लगानी रहेको सार्वजनिक यातायात सेवा धरशायी बन्दै गएको भन्दै चौतर्फी दबाबपछि एक साता अघिदेखि सरकारले आंशिक रुपमा लकडाउन खुकुलो बनाएको  छ ।  

पूर्वसावधानी अपनाएर मोटरसाइकल, निजी सवारी तथा ट्याक्सी सेवा सुचारु गर्न अनुमति त दिइएको छ तर  सर्वसाधारणको पहुँच हुने गरी सार्वजनिक यातायात सेवा सञ्चालन गर्न अझै अनुमति दिएको छैन ।

निजी सवारीसाधन हुनेहरु त  उपत्याकामा गुडिरहेका छन्, उपत्यकाबाहिरबाट आइरहेका छन्, गइरहेका पनि छन् तर नहुनेहरु भने जहाँको तहीं बस्न बाध्य छन् ।

सार्वजनिक लाइफ लाइनको रुपमा रहेको  सार्वजनिक यातायात सेवा सञ्चालन गर्न  यातायात क्षेत्र सुचारु गर्न यातायात व्यवसायीले सरकारलाई दबाब दिदैं आएका छन् भने यातायात क्षेत्रको  नियामक निकाय यातायात व्यवस्था विभाग सरकारको निर्णय कुरेर बसेको छ ।

उता यातायात व्यवसायीहरु भने  अव पनि पुनर्विचार नगर्ने हो भने यातायात क्षेत्र धरशायी बन्छ भन्दै सजगता अपनाएर  सार्वजनिक यातायात सेवा सुचारु गर्नुपर्ने बताउँछन् ।
 र योबीचमा आर्थिक अभियानका फोटो पत्रकार प्रकाश केसीले केन्द्रीय बसपार्क टर्मिनल भवन क्षेत्र पुगेर त्यहाँको वस्तुस्थिति चित्रण गरेका छन् । हेरौं तस्वीरहरु :

र लकडाउन अघिको केन्द्रीय बसपार्क

तस्वीरहरु:  प्रकाश केसी /आर्थीक अभियान 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्