ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

६ हजार कर्मचारीलाई कामबाट हटाउँदै क्वान्टास एयर  

२०७७ असार, ११  
अन्तरराष्ट्रिय
Image Not Found

असार ११, सिड्नी । अस्ट्रेलियाको राष्ट्रिय ध्वजाबाहक क्वान्टास एयरले कोरोना भाइरस महामारीका कारण उत्पन्न संकट जनाउँदै आफ्ना ६ हजार कर्मचारी हटाउने निर्णय गरेको छ ।

कम्पनीले पर्यटन क्षेत्रमा आएको मन्दीसँगै १०० ओटा विमान पनि सञ्चालन नगर्ने र यसबाट करीब १० अर्ब अमेरिकी डलर बचत गर्ने योजना सार्वजनिक गरेको छ । 

कम्पनीका प्रमुख कार्यकारी अलान जोएसले कम्पनीको इतिहासमै यस वर्ष सबैभन्दा ठूलो संकटको सामना गर्नु परेको बताएका छन् । उनले कम्पनीका आधाभन्दा बढी कर्मचारी अर्थात् करीब २३ हजार कर्मचारीलाई पनि विदामा बस्न भनिएको जानकारी दिए ।

कोरोना महामारीका कारण क्वान्टासले आफ्ना सबैजसो अन्तरराष्ट्रिय उडान कम्तीमा आगामी अक्टोबरसम्मका लागि रद्द गरेको जानकारी दिएको छ । कम्पनीले घरेलु उडान पनि सीमित मात्र गरिएको बताएको छ ।

अस्ट्रेलियाका अधिकांश शहरमा कोरोना भाइरस प्रसार नियन्त्रणमा आएसँगै घरेलु उडानको संख्या बढ्न थालेका छन् । तर अन्तरराष्ट्रिय सीमामा हुने कडाई अर्को वर्षसम्म जारी रहने सम्भावना रहेकाले सबै अन्तरराष्ट्रिय उडानहरु प्रभावित हुने देखिएको छ । 

अस्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबोर्नमा एकाएक कोरोना भाइरस देखिएसँगै यसको प्रभाव सहजै अन्त्य हुन नसक्ने दृष्टान्त देखाएको छ ।  

क्वान्टासका कार्यकारी जोएसले आगामी केही वर्षसम्म कम्पनीको राजस्वमा ठूलै कमी आउने बताउँदै आफ्नो कम्पनी केही समय सानो विमान सेवाका रुपमा खुम्चिने सम्भावना रहेको जोएसले बताए । रासस/एएफपी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्