ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सेयर कारोबार ठप्प

२०७७ असार, १२  
१० वर्ष अघि
NA

सेयर बजारका लगानीकर्ताहरू आन्दोलनमा उत्रिएपछि कारोबार ठप्प भएको छ । आन्दोलनका कारण हिजो आइतवार कुनै पनि कारोबार भएन । आज सोमवार पनि कारोबार नगरिने आन्दोलनकारीले बताएका छन् । साना लगानीकर्ता संघ, इन्भेस्टर्स फोरम र नेपाल धितोपत्र लगानीकर्ता संघको संयुक्त आन्दोलनका कारण बजार ठप्प भएपछि दैनिक करिब २५ लाख रुपैयाँ राजस्वसमेत नोक्सान भएको छ ।

निरन्तर खस्कँदो पुँजी बजारको अवस्था सुधार गर्नका लागि पटकपटक माग गर्दा पनि सम्बद्ध निकायले बेवास्ता गरेकाले आन्दोलनमा उत्रिएको उनीहरूले बताएका छन् । उनीहरूद्वारा घोषित आन्दोलनको कार्यक्रमअनुसार भोलि मंगलवार ब्रोकर कार्यालयमा हुने कारोबार बन्द गराउने, फागुन १२ गते स्टक एक्सचेन्जमा १ घण्टा सर्भर बन्द गराउने, फागुन १३ गते २ घण्टा सर्भर बन्द गराउने र फागुन १७ गतेदेखि अनिश्चितकालीन सर्भर बन्द गराउने रहेका छन् । साना लगानीकर्ता संघका अध्यक्ष दीपक कार्कीले बजारको उचित ढंगले अनुगमन गर्नका लागि पटकपटक गरिएको अनुरोध र ज्ञापनपत्रलाई समेत सम्बन्धित निकायहरूले बेवास्ता गरेकाले आन्दोलनमा उत्रिन बाध्य भएको बताए । ‘मूल्य घट्नुमा सरकारको प्रत्यक्ष संलग्नता देखिँदैन तर बजारलाई सहज रुपमा अगाडि बढाउन जुन भूमिका उसले खेल्नुपथ्र्यो त्यो भूमिका खेलेन ।’ उनले भने ।

धितोपत्र दलाल संघका अध्यक्ष नन्दकिशोर मुण्दडाले वार्ताको विकल्प नभएको बताए । ‘आन्दोलनले बजारलाई ठीक ठाउँमा ल्यायो भने राम्रै हुन्छ तर वार्ताबाट समस्या समाधान गर्नुको विकल्प छैन’ उनको भनाइ छ ।

वर्ष ५, अंक २५, २०६६, फागुन १०–१६

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्