ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

विद्यालयको जमीनमा होमेस्टेसहित रिसोर्ट बनाइँदै

२०७७ असार, १२  
प्रदेश ०१
NA

खोटाङ (अस) । जिल्लाको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित चम्पावती माविको नाममा रहेको आहाले चौरस्थि खाली जमीनमा होमस्टेसहितको रिसोर्ट बनाइने भएको छ । बाँझो बसेको उक्त जग्गालाई सदुपयोग गर्दै रिसोर्ट बनाउने उद्देश्यका साथ काम थालिएको छ । लामो समयदेखि प्रयोगविहीन बनेको उक्त जग्गामा हाल फलफूल उद्यानको काम शुरू गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देबविक्रम राईले जानकारी दिए ।

उनका अनुसार फ्रुट फरेष्ट र रिसोर्ट निर्माणका लागि ‘एक महीनाको कमाइ दान, नमूना चम्पावती हाम्रो अभियान’ चलाइएको छ । उक्त अभियानका लागि रू. २० लाख बराबरको रकम प्रतिबद्धता आइसकेको उनले बताए ।

खेतीयोग्य बाँझो जमीन नराख्ने संघीय सरकारको नीतिलाई समेत टेवा पुग्ने गरी विद्यालयको नाममा रहेको खाली जग्गामा फ्रुट फरेस्ट एन्ड रिसोर्ट निर्माणको काम शुरू गरिएको वडाध्यक्ष दिनेश राईले बताए । राईका अनुसार नगरपालिकाकै नीति तथा कार्यक्रमअनुसार फलफूलको पकेट क्षेत्र बनाउने काम शुरू गरिएको हो । बुइपामा लिची, कागती र एभोकाडोको व्यावसायिक खेती शुरू गरिसकिएको छ । कागती र लिचीका बोटले उत्पादनसमेत दिन शुरू गरेको उनको भनाइ छ ।

चम्पावतीको नाममा रहेको करीब ८० रोपनी खाली जग्गालाई सदुपयोग गर्दै आगामी ३ वर्षभित्र सम्पूर्ण काम सम्पन्न गर्ने गरी विद्यालयले ५०० ओटा बोट एभोकाडोको बिरुवा रोपेको छ । कृषि ज्ञान केन्द्र खोटाङले उपलब्ध गराएको रू. ३ लाख ५० हजार रकमबाट ५०० ओटा एभोकाडोको बिरुवा रोपिएको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्