ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

समुदायकै सहभागितामा कोरोना रोकथाम

२०७७ असार, १२  
प्रदेश ०५
Image Not Found
author avatar अभियान संवाददाता

रोल्पा । रोल्पामा समुदायकै सहभागितामा कोरोना भाइरस रोकथाम गरिने भएको छ । रोल्पाका १० ओटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरूको नेतृत्वमा समुदायलाई परिचालन गरी कोरोना रोकथाम गरिने भएको हो ।

त्यसका लागि सबै स्थानीय तहका स्वास्थ्य प्रमुखसँग जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न गरिएको छ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरससँग लड्नका लागि सबै क्षेत्र एकताबद्ध भएर लाग्नुपर्ने भएकाले समुदायलाई परिचालन गर्न आवश्यक रहेको रोल्पा अस्पतालका प्रमुख डा. धनमाया घर्तीले बताइन् ।

स्वास्थ्य कार्यालय रोल्पाको आयोजनामा भएको अभिमुखीकरण कार्यक्रमका सहभागीहरूले स्थानीय तहका प्रमुखहरूले प्रत्येक समुदायलाई सक्रिय बनाई समुदायकै सक्रियताले कोरोना रोकथाममा थप सफलता मिल्ने धारणा व्यक्त गरे । समाजमा फैलिएको भ्रम चिर्दै जनचेतना फैलाउन सके कोरोना नियन्त्रणमा सहज हुने स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख अनिल केसीको भनाइ छ । बुझाइको अभाव र अधिक बुझाइका कारण पनि कोरोना नियन्त्रणमा समस्या भएको बताउँदै उनले हरेक मान्छे सतर्क र सचेत बन्न जरुरी रहेको बताए ।

कार्यक्रममा सहभागी स्थानीय तहका स्वास्थ्य प्रमुखहरूले आ–आफ्ना स्थानीय तहमा फैलिएको कोरोनासम्बन्धी भ्रम चिर्दै जनचेतना फैलाउनुपर्नेमा जोड दिए । भ्रम बढी र चेतना अभावका कारण कोरोना रोकथाम गर्न थप चुनौती रहेको उनीहरूको निष्कर्ष छ । ग्रामीण भेगका नागरिकलाई सचेत बनाउन समुदायकै सहभागिता आवश्यक देखिएको स्वास्थ्य प्रमुखहरूको भनाइ छ ।

रोल्पामा कोरोना संक्रमण हालसम्म पहिलो चरणमा रहेको भए पनि संक्रमण बढ्ने क्रम भने जारी छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्