ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

धनगढीको बजेट रू. १ अर्ब ६३ करोड

२०७७ असार, १२  
सुदूरपश्चिम प्रदेश
NA

धनगढी (अस) । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिकाले रू. १ अर्ब ६३ करोड ८२ लाखको बजेट प्रस्तुत गरेको छ । उपमहानगरपालिकाको पाँचौं नगरसभामा बुधवार प्रस्तुत उक्त बजेट कोभिड–१९ बाट सृजित संकट व्यवस्थापन, कृषि, पूर्वाधार विकास र शिक्षा क्षेत्रमा केन्द्रित छ । चालू खर्चतर्फ रू. ८५ करोड र पूँजीगत खर्चतर्फ रू. ७८ करोड ८२ लाख रहने गरी उपप्रमुख सुशीला मिश्र भट्टले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । उपमहानगरपालिकाले आन्तरिक आयतर्फ रू. १९ करोड ९९ लाख ७३ हजार, वित्तीय समानीकरण रू. २९ करोड २ लाख, राजस्व बाँडफाँट रू. १८ करोड ४० लाख, प्रदेश सरकार समपुरक कोष अनुदान रू. २ करोड ५० लाख, सशर्त अनुदान रू. ५० करोड २६ लाख, प्रदेश सरकार विशेष अनुदान रू. १ करोड १४ लाख र अन्य आय रू. ४२ करोड ५० लाख २६ हजार ३४० गरी आगामी बजेट निर्माण गरिएको नगरप्रमुख नृपबहादुर वडले बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्