ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

इटहरीको बजेट : मुख्य चोकको नाम फेर्नेदेखि स्मार्ट पार्किङसम्म

२०७७ असार, १२  
प्रदेश ०१
NA
author avatar अभियान संवाददाता

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि रू. १ अर्ब ७८ करोडको बजेट विनियोजन गरेको छ । बुधवार उपमहानगरको सातौं नगरसभामा ३२ ओटा शीर्षकमा खर्च हुने गरी उपमेयर लक्ष्मी गौतमले उक्त बजेट सार्वजनिक गरेकी हुन् ।

बजेटमा इटहरीको मुख्य चोकको नाम परिवर्तन गर्नेदेखि स्मार्ट पार्किङ बनाउनेसम्मको कार्यक्रम समावेश छ । त्यस्तै नगर बस सञ्चालन, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य, यातायात सडक, सामाजिक सुशासन लगायत महत्त्वपूर्ण विकास निर्माणका योजनाहरू पनि अगाडि सारिएका छन् ।

इटहरीको मुख्य चोकस्थित खाली स्थानमा विश्व मानचित्रमा नेपाल देखिने नक्सासहित पृथ्वी आकारको स्मारक बनाउन बजेट छुट्ट्याइएको छ । त्यसैगरी इटहरीमा बढ्दो शहरीकरणसँगै निर्माण हुँदै गरेको ६ लेनको सडकले निम्त्याएको पार्किङ समस्यालाई दृष्टिगत गर्दै स्मार्ट पार्किङको योजना पनि अगाडि सारिएको छ । उपमहानगरले पार्किङ निर्माणका लागि रू. ५ करोड २५ लाख विनियोजन गरेको छ ।

त्यस्तै नगर बस सञ्चालनका लागि रू. ५० लाख विनियोजन गरेको छ भने चौरास्त क्षेत्र विकासका लागि विशेष प्याकेज ल्याएको उपमहानगरले जानकारी दिएको छ । आगामी वर्षदेखि इटहरीलाई धुलोमुक्त बनाई हरितनगरी शहरको पहिचान दिलाउन पनि बजेट विनियोजन गरिएको छ । शिक्षा क्षेत्रमा भएका उल्लेखनीय सुधारका कार्यक्रमलाई निरन्तरता दिँदै समग्र शिक्षा क्षेत्रको विकासका लागि रू. २ करोड विनियोजन गरिएको छ ।

त्यस्तै खेलकुद, स्वास्थ्य, ज्येष्ठ नागरिक, महिला स्वोरोजगार कार्यक्रम, सामाजिक सुरक्षा, बालबालिका तथा किशोरी र अपांगता लगायत क्षेत्रमा पनि उल्लेखनीय बजेटको व्यवस्था गरेको उपमहानगरको भनाइ छ । धुलोमुक्त शहर र पर्यटन क्षेत्रको विकासका लागि पनि बजेट व्यवस्था गरिएको उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्