ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

साधना लघुवित्तको आईपीओ असार २१ गतेदेखि विक्री खुला हुँदै

२०७७ असार, १२  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार १२, काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले आईपीओ असार २१ गतेदेखि निष्कासन तथा विक्री खुला गर्ने भएको छ ।

कम्पनीले ७ लाख ७ हजार ८०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये १० हजार ८९० कित्ता कर्मचारीको लागि, ३५ हजार ३९० कित्ता सामुहिक लगानीको कोषको लागि छुट्याएको छ भने बाँकी रहेको ६ लाख ६१ हजार ५२० कित्ता आईपीओ सर्वसाधारणका  लागि विक्री खुला गरेको हो ।

उक्त कम्पनीको आईपीओ निष्कासन बन्द मिति छिटोमा असार २४ र ढिलोमा साउन ४ गतेसम्म रहेको छ । आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ । 

विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । साथै आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएका सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखा कार्यलयहरुबाट आवेदन दिन सक्नेछन् ।

 हाल कम्पनीको चुक्तापूँजी रू.१४ करोड ७७ लाख रहेको छ । आईपीओ निष्कासन बाँडफाँट पश्चात् पूँजी रू. २१ करोड ७७ लाख पुग्नेछ । उक्त कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १२९ दशमलव ५९ छ ।

हालसम्ममा कम्पनीले ६० ओटा शाखा कार्यलयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्