ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

पीसीआरको रिपोर्ट नआउँदै १८ जना संक्रमितलाई घर पठाइयो

२०७७ असार, १२  
सुदूरपश्चिम प्रदेश
Image Not Found

असार १२, बाजुरा । जिल्लाको बूढीगंगा नगरपालिकाको क्वारेन्टाइनमा बसेका १८ जना कोरोना संक्रमितलाई घर पठाएको छ । संक्रमितमा १४ दिनसम्म कुनै पनि लक्षण नदेखिएको भन्दै संक्रमितलाई घर पठाइरहेको स्वास्थ्य कार्यालय बाजुराले जानकारी दिएको छ । 

बूढीगंगा नगरपालिका–१ धुरालसैन क्वारेन्टानमा बसेका १७ जना र वडा नम्बर २ वसन्त प्राविको क्वारेन्टाइनमा रहेकी एक संक्रमितलाई नगरपालिकाले घर पठाएको हो । वसन्त प्राविमा रहेकाको आरडीटी पोजेटिभ आउँदा पीसीआरको लागि पठाएको तर रिपोर्ट नआउँदै ११ जनालाई समेत घर पठाइएको छ । १४ दिनसम्म लक्षण नदेखिए होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाउन सरकारको निर्देशनअनुसार नै पठाइएको स्वास्थ्य कार्यालयको दाबी छ ।

‘१४ दिनसम्म पनि पीसीआर जाँचको रिपोर्ट नआएपछि वसन्त बालमैत्री विद्यालयमा रहेका ११ जना आरडीटी पोजेटिभ व्यक्तिलाई पनि घर पठाइएको हो ।’ ‘सरकारको मापदण्डअनुसार घरको आइसोलेशनमा बस्ने गरी कागज बनाएर पठाएको अनमी दीया सिंहले बताए  ।’

सञ्चो नहुँदै घर पठाइएका होम क्वारेन्टाइनमा नबसी घुम्ने गरेको पाइएको छ । जसले गर्दा गाउँमा त्रासको वातावरण छ । स्थानीय प्रहरी प्रशासन, स्थानीय तह र स्वास्थ्य कार्यालयकै लापरवाहीले संक्रमणले ठूलो रुप लिने चिन्ता स्थानीयमा छ । 

यसअघि बाजुराकै बडिमालिका नगरपालिकाका ३४ जना संक्रमतिलाई पनि पीसीआर जाँचको रिपोर्ट नआउँदै घर पठाइएको थियो । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्