ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

गण्डकी प्रदेशमा संक्रमितको संख्या ७९२ पुग्यो, १०१ निको भए

२०७७ असार, १२  
गण्डकी प्रदेश
Image Not Found

असार १२, कास्की । गण्डकी प्रदेशमा आज थप २५ जनामा  कोभिड–१९ संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले शुक्रवार बिहान विज्ञप्ति जारी गरी तनहुँमा दुई, स्याङ्जा र बागलुुङमा एक/एक तथा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा २१ जनामा संक्रणमण पुष्टि भएको जानकारी दिएको छ । संक्रमितमध्ये २३ जना पुरुष र दुई महिला छन् ।

संक्रमितमा तनहुँको ब्यास नगरपालिकामा ४९ र ३० वर्षीय पुरुष, स्याङ्जा कालीगण्डकी गाउँपालिकाका २८ वर्षीय एक पुरुष, बाग्लुङ बरेङ गाउँपालिकाका २३ वर्षीय एक पुरुष तथा नवलपरासीको गैँडाकोट र कावासोती नगरपालिकाका १९ जना पुरुष र दुई महिलामा कोरोना पुष्टि भएको निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापन उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।

अहिले सबै जना संक्रमितलाई जिल्लास्थित आइसोलेशन कक्षमा लैजाने तयारी गरिएको निर्देशनालयले जानकारी दिएको छ । प्रदेशमा हालसम्म संक्रमितको संख्या ७९२ पुगेको छ भने १०१ जना निको भएर घर फर्किएका छन् । 

प्रदेशको  मुस्ताङबाहेकका अन्य सबै जिल्लामा कोरोना फैलिएको छ । स्याङ्जाका दुई संक्रमितको भने मृत्यु भएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्