ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई योजनाको नाफा बढ्यो

२०७७ असार, १२  
लगानी
Image Not Found

असार १२, काठमाडौं । जेठ मसान्तसम्ममा एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्र्तगत सञ्चालित दुई योजनको नाफा बढेको छ । 

एनआईसी एशिया ब्यालेन्स फण्ड र एनआईसी एशिया ग्रोथ फण्डको नाफा बढेको हो । जेठ मसान्तसम्ममा एनआईसी एशिया ब्यालेन्स फण्डले रू. २ करोड ३१ लाख नाफा कमाएको छ । 

वैशाख मसान्तसम्ममा योजनाले रू. २ करोड १८ लाख नाफा कमाएको थियो । त्यसैगरी एनआईसी एशिया ग्रोथ फण्डले वैशाख मसान्तसम्ममा रू. ६ करोड ३६ लाख नाफा कमाएकोमा जेठ मसान्तमा बढेर रू. ६ करोड ४७ लाख पुगेको हो । 

यस योजनाले जेठ मसान्तसम्ममा गरेको लगानीको लागत मूल्यभन्दा बजार मूल्य बढी रहेको छ । जेठ मसान्तसम्ममा सूचीकृत तथा सूचीकृत नभएको शेयर तथा डिबेञ्चर गरी योजनाले गरेको लगानीको परल मूल्य (धितोपत्र दलाल कमिशन कारोबार शुल्क) समेत गरेर रू. ५७ करोड ५१ लाख रहेकोमा यसको बजार मूल्य रू. ६४ करोड ६७ लाख रहेको छ । यस योजनाको जेठ मसान्त सम्ममा प्रतिइकाई खुद सम्पत्तिको मूल्य रू. १० दशमलव ७९ रहेको छ । यो मूल्य वैशाख मसान्त सम्मम रू. १० दशमलव ७८ थियो । 

त्यसैगरि एनआईसी एशिया ब्यालेन्स फण्डेले जेठ मसान्तसम्ममा गरेको लगानीको लागत मूल्य भन्दा बजार मूल्य बढी रहेको छ । 

जेठ मसान्त सम्ममा सूचीकृत तथा सूचीकृत नभएको शेयर तथा डिबेञ्चर गरी योजनाले गरेको लगानीको परल मूल्य (धितोपत्र दलाल कमिशन कारोबार शुल्क) समेत गरेर रू. ४४ करोड ८८ लाख रहेकोमा यसको बजार मूल्य रू. ४९ करोड ३८ लाख रहेको छ । यस योजनाको जेठ मसान्तसम्ममा प्रतिइकाई खुद सम्पत्तिको मूल्य रू. १० दशमलव ३१ रहेको छ । यो मूल्य वैशाख मसान्तसम्मम रू. १० दशमलव २९ थियो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्