ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बिहारमा चट्याङ लागेर मृत्यु हुनेको संख्या ९२ पुग्यो      

२०७७ असार, १२  
अन्तरराष्ट्रिय
Image Not Found

 असार १२, पटना । भारतको बिहारमा बिहीवार राति परेको चट्याङ लागेर ९२ जनाको मृत्यु भएको छ । 

गएरातिको सो चट्याङका कारण गएको २४ घन्टायता मात्र कम्तिमा पनि ९२ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।     
     
बिहीवार मात्र यसबाट ८३ जनाको ज्यान गएको बताइएको थियो । शुक्रवार बिहानसम्म यो संख्या ९२ पुगेको बिहारको विपद व्यवस्थापन केन्द्रले जानकारी दिएको हो । भारतीय सञ्चार मध्यमहरुका अनुसार बिहार राज्यका २१ जिल्लामा बिहीवार साँझदेखि रातिसम्म चट्याङ परेको थियो ।     
     
सबैभन्दा धेरै बिहारको गोपालगञ्ज जिल्लामा १३ जनाको मृत्यु भएको छ । यस्तै नवादा र पश्चिमी चम्पारण जिल्लामा आठ, आठ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् ।

बिहीवार बिहारलगायत भारतका उत्तरी राज्यहरुमा ७२ घण्टाका लागि मौसमी चेतावनी जारी गरिएको थियो । भीषण वर्षा र हावाहुरी चल्ने सूचना यहाँको मौसम विभागले जारी गरेको थियो ।     
     
मौसम खराब रहेकोले बाहिर ननिस्कन र सम्भावित चट्याङबाट बच्ने उपायहरु अपनाउन पनि राज्यका सबै सर्वसाधारण नागरिकहरुमा सूचना जारी गरिएको बताइएको थियो । बिहारमा समय–समयमा पर्ने गरेको चट्याङ्बाट ठूलो संख्याका नागरिकको ज्यान जाने गरेको पाइएको छ ।     
     
बिहारका मुख्यमन्त्री नितिश कुमारले चट्याङ लागेर ज्यान गएका व्यक्तिका परिवारका सदस्यलाई प्रति परिवार ४ लाख भारतीय रुपयाका दरले क्षतिपूर्ति दिने घोषणा पनि गरेका छन् । रासस/ एएनआई   
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्