ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

अस्ट्रेलियाको दोस्रो ठूलो बिमान किन्दै अमेरिका

२०७७ असार, १२  
अन्तरराष्ट्रिय
Image Not Found

असार १२, सिड्नी । निजी क्षेत्रको अमेरिकी इक्वीटी कम्पनी बेन क्यापिटलले टाट पल्टिएको अस्ट्रेलियाली बिमान सेवा भर्जिन अस्ट्रेलिया खरीद गर्न सहमति जनाएको डिलोइट कम्पनीले जानकारी दिएको छ । 

भर्जिन अस्ट्रेलिया खरीदका लागि यसअघि निवेदन दिएको साइरस क्यापिटल पार्टनर्सले अनिच्छा देखाएपछि दोस्रो प्रतिस्पर्धी बेन क्यापिटललाई विक्री गर्न लागिएको हो । 

डिलोइटले कम्पनी विक्रीका लागि आगामी अगस्टमा लगानीकर्ताहरुले मतदान गर्ने जानकारी दिएको छ । डिलोइटले बेन क्यापिटलले खरीदका लागि निकै आकर्षक योजना र रकम प्रस्ताव गरेको बताएको छ । 

अस्ट्रेलियाको यो दोस्रो ठूलो बिमान कम्पनी हो । यस कम्पनीमा हजारौं कामदार र उनीहरुका परिवार आश्रित छन् । कम्पनी विक्रीका क्रममा अधिकांश कर्मचारी, कामदारको रोजगारी सुनिश्चित गरिएको डिलोइटले जानकारी दिएको छ ।

कोरोना भाइरसका कारण अस्ट्रेलिया सहित विश्वभर हवाई सेवाको अवस्था नाजूक देखिए पनि भर्जिन अस्ट्रेलियाप्रति बेन क्यापिटलले देखाएको उत्सुकताले पर्यटन र हवाई क्षेत्र चाँडै पुनरागमन हुने संकेत गरेको डिलोइटको भनाइ छ । रासस सिन्ह्वा

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्