ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

दाङमा १५ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

कुल संक्रमितको संख्या ४५५ पुग्यो

२०७७ असार, १३  
प्रदेश ०५
Image Not Found
author avatar अभियान संवाददाता

असार १३ दाङ । दाङमा हालसम्म १५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । यसअघि १२ जनामा कोरोना संक्रमण देखिसकेकोमा शुक्रवार मात्रै ३ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक जना डाक्टर दुई अहेवसहित शुक्रवार ३ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको हो ।

यसअघि राप्ती स्वास्थ्य विज्ञान पतिष्ठानका ७ जनामा कोरोना संक्रमण देखिएको थियो भने घोराही उपमहानगरपालिकाका ५, गढवाका २, राजपुरका १ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको थियो ।

यसैबीच दाङमा पछिल्लो समयमा कोरोना संक्रमितको संख्या ४५५ पुगेको छ । शुक्रवार जिल्लाका ७५ जनामा कोरोना पुष्टि भएसँगै संख्या ४५५ पुगेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्