ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

गण्डकी प्रदेशमा शनिवार ३२ संक्रमित थपिए

संक्रमितको संख्या ८ सय ३८ पुग्यो

२०७७ असार, १३  
गण्डकी प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

असार १३, कास्की । गण्डकी प्रदेशमा शनिवार थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरा, राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परिक्षणमा गण्डकीमा थप ३२ जनामा कोरोना पुष्टि भएको हो ।

गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार नयाँ संक्रमितमा स्याङजाका २२, बाग्लुङका ८ र नवलपरासी (पुर्व सुस्ताका) २ जना रहेका छन् । उनका अनुसार स्याङको हुप्सेकोट गाउँपालिका र वालिङ नगरपालिकाका व्यक्तिहरु आईसोलेसनमा बसिसकेका छन् । बाग्लुङ र नवलपरासीका संक्रमितलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।  

योसँगै गण्डकीमा संक्रमितको संख्या ८ सय ३८ पुगेको छ । गण्डकीमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १ सय १८ पुगेको छ । अहिलेसम्म यो प्रदेशमा कोरोनाबाट २ जनाले ज्यान गुमाएको पुष्टि भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्