ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोना संक्रमितको चितवनमा मृत्यु 

२०७७ असार, १३  
वाग्मती प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

असार १२, चितवन । भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना भाइसर संक्रमितको मृत्यु भएको छ ।

 बिहीवार राति कोरोना संक्रमणको पुष्टि भएका उनलाई भरतपुर अस्पतालको आईसोलेशनमा राखेर उपचार गरिंदै आएको थियो  । उनको उपचारका क्रममा शनिवार बिहान ७ वजे मृत्यु भएको उक्त अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।

उनका अनुसार कैलालीको लालगढ नगरपालिका वडा नम्बर ७ गोदावरीका ५० वर्षीय उनी उपचारका सिलसिलामा भारत गएका थिए । क्यान्सरको उपचारका लागि भारत गएका उनी फर्किएर आउने क्रममा स्वास्थ्यमा समस्या देखिएपछि चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याइएको थियो । 

भरतपुर कोभिड– १९ प्रयोगशालाले उनलाई कोरोना संक्रमण पुष्टि गरेको थियो । कोरोना पुष्टि गरे सँगै भरतपुर अस्पताल रिफर गरिएका उनको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्