ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

पीसीआर परीक्षणका लागि थप १०ओटा प्रयोगशाला स्थापना गरिदैं

२०७७ असार, १३  
समाचार
Image Not Found

असार १३, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १० ठाउँमा कोभिड–१९ को पीसीआर विधिबाट परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने भएको छ । 

कोभिड–१९ को परीक्षणको दायरा बढाउनका लागि १० ठाउँमा प्रयोगशाला स्थापना गर्न थालिएको मन्त्रालयका इन्सिडेन्ट कमाण्ड सिस्टमका संयोजक डा गुणराज लोहनीले जानकारी दिए । 

उनका अनुसार मेची अस्पताल, डडेल्धुरा अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्र काठमाडौं, सशस्त्र प्रहरी अस्पताल बलम्बु, पाल्पा अस्पताल तानसेन, धौलागिरि अस्पताल बागलुङ, धनकुटा अस्पताल, नेपाल प्रहरी अस्पताल र नेपाली सेना अस्पताल काठमाडौंमा प्रयोगशाला स्थापना गरिनेछ । 

अहिले मुलुकभर २३ स्थानमा पीसीआर विधिबाट कोभिड–१९ को परीक्षण हुने गर्दछ । मन्त्रालयले सम्भावित संक्रमितको अवस्था हेरेर ती ठाउँमा प्रयोगशाला स्थापना गर्न थालेको हो । यी नयाँ १० ठाउँसँगै अब ३३ ठाउँबाट कोभिड–१९ को पीसीआर विधिबाट परीक्षण हुनेछ । 

नयाँ ठाउँबाट कोभिड–१९ को परीक्षण गरे दैनिक १० हजार जनाको परीक्षण गर्न सकिने मन्त्रालयले जानकारी दिएको छ । अहिले २३ प्रयोगशालाबाट दैनिक ६ हजार पीसीआर विधिबाट परीक्षण गर्दै आइरहेको छ । अहिलेसम्म दुई लाख छ हजार २७१ जनाको पीसीआर परीक्षण गरिएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्