ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

विश्वमा सवैभन्दा बढी  कोरोना संक्रमित अमेरिकामा(अपडेट)      

२०७७ असार, १३  
अन्तरराष्ट्रिय
Image Not Found

असार १३, पेचिङ । विश्वमा कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या ९८ लाख पुगेको जोन हकिन्स विश्वविद्यालय, विज्ञान तथा इन्जिनियरिङ व्यवस्था केन्द्रले बताएको छ ।     

विश्वविद्यालयको शनिवार विहानसम्मको तथ्यांक अनुसार विश्वमा सबैभन्दा बढी संक्रमित अमेरिकामा रहेको छ भने दोस्रोमा ब्राजिल रहेको छ । 

अमेरिकामा कोरोना संक्रमितको संख्या २४ लाख ६७ हजार ५५४ रहेको  छ भने दोश्रोमा ब्राजिल रहेको छ । त्यहाँ कोरोना संक्रमितको संख्या १२ लाख ७४ हजार ९७४ रहेको छ । त्यस्तै रूसमा ६ लाख १९ हजार ९३६ जना संक्रमित रहेका छन् । त्यस्तै भारतमा कोरोना संक्रमितको संख्या ५ लाख ८ हजार ९५३ पुगेको छ ।

यसैगरी बेलायतमा ३ लाख १० हजार ८३६ जना रहेका छन्  भने पेरूमा यो संख्या २ लाख ७२ हजार ३६४ रहेको छ । त्यसैगरी चिलीमा कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार ३६० रहेको छ । उता स्पेनमा संक्रमितको संख्या २ लाख ४७ हजार ९०५ रहेको छ भने   

इटालीमा २ लाख ३९ हजार ९६१ रहेको छ । त्यस्तै चीनमा कोरोना संक्रमितको संख्या ८५ हजार १७२ रहेको छ ।  रासस/ सिन्ह्वा
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्