ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

लालबन्दीमा पनि देखियो सलह किरा

२०७७ असार, १३  
प्रदेश ०२
Image Not Found

असार १३, सर्लाही । यस जिल्लाकोे लालबन्दीमा सलह किरा भित्रिएको पाइएको छ । लालबन्दी नगरपालिका–२ को तेलबाली अनुसन्धान केन्द्रको फर्ममा करीब १ हजारको हाराहारीमा सो किरा भित्रिएको जिल्ला कृषि ज्ञान केन्द्र मलंगवाका निमित्त प्रमुख देवानन्द राय यादवले जानकारी दिए ।     
     
जिल्लाको लालबन्दी नगरपालिका–२ स्थित तेलबाली अनुसन्धान कार्यक्रममा लगाइएको विभिन्न बालीमा सलह किराको प्रवेश देखिएको हो । ‘आज बिहान फिल्ड भिजिट गर्ने क्रममा बदाम, घैंचा, धानको बेर्नालगायतमा सलह किराले झ्याप्पै छोपेको देखियो’, तेलबाली अनुसन्धान कार्यक्रमका संयोजक वरिष्ठ वैज्ञानिक डा विशेश्वरप्रसाद यादवले जानकारी दिए । सलह किरा हजारौंको संख्यामा रहेको उनले बताए ।   
     
‘शुक्रवार राति छिमेकी देश भारतबाट करीब १ हजार फट्यांग्राजस्तो देखिने जातको सलह नामक किरा नेपाल प्रवेश गरेको बुझिएको’, उनले भने । यसको प्रवेशसँगै जिल्लाका किसान चिन्तित बनेका छन् ।     
     
फट्याँग्रा वर्गको कीरामा पर्ने सलह अफ्रिकी मुलुकबाट अरेबियन देश हुँदै एशियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको थियो । नेपालमै पहिलोपटक शनिवार बिहान सलह कीरा देखिएको केन्द्रले बताएको छ ।     
     
 सलह किराले बालीमा अमेरिकी फौजी कीराले भन्दा अनेकौ गुना बढी क्षति पु¥याउने जानकारले बताएका छन । विज्ञका अनुसार करोडौंको संख्यामा रहने सलहले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठसमेत खाएर नष्ट पारिदिन्छ । जेठदेखि असोजसम्म बढी प्रकोप हुने सलह किरा एकै दिनमा १५० किलोमिटरभन्दा टाढासम्म पुगेर बालीनालीमा क्षति पुर्‍याउने विज्ञले बताएका छन् ।     
     
‘प्राविधिक टोली खटिएको छ, त्यसको क्षेतिको प्रकृति, जातलगायतका बारेमा चाडैं पत्ता लाग्छ’,  उनले भने । सलह किराको जातको पहिचान र व्यावस्थापन लगायतका काममा प्राविधिक टोली परिचालन भएको केन्द्रले बताएकाो छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्