ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोनाका कारण २८ जनाको मृत्यु पुष्टि,  संक्रमितको संख्या १२ हजार ३०९ पुग्यो

२०७७ असार, १३  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असार १३, काठमाडौं । नेपालमा शनिवार थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । 

१२० जना महिला र ४३४ जना पुरुषमा कोरोना संक्रमण फेला परेको पनि मन्त्रालयले बताएको छ ।

 उक्त मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा कैलाली जिल्ला घर भएका एक जना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि गरेका छन् । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

शनिवार मात्रै देशका विभिन्न भागमा रहेका अस्पताल तथा आईसोलेशन सेन्टरबाट ११ महिला ११८ जना पुरुष डिस्चार्ज भएका छन् ।  योसँगै नेपालका सवै जिल्लामा कोरोना संक्रमण फैलिएको पत्रकार सम्मेलनमा उलने बताए ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्