ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

क्वारेन्टाइन व्यवस्थापनमा खटिएका दुई जना प्रहरीमा देखियो कोरोना 

२०७७ असार, १३  
प्रदेश ०५
Image Not Found
author avatar राजेश जीसी

असार १३, प्यूठान । प्यूठानमा दुई जना प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको माण्डवी गाउँपालिका देविस्थान प्रहरी चौकीमा कार्यरत दुई जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको माण्डवी गाउँपालिकाले जानकारी दिएको छ । 

प्रदेश जनस्वास्वास्थ्य प्रयोगशाला भैरहवा गरीएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । उनीहरु देविस्थान प्रहरी चौकीमा कार्यरत हवल्दार र जवान रहेका माण्डवी गाउँपालिकाको स्वास्थ्य शाखाले बताएको छ । 

उनीहरुले देविस्थानको क्वारेन्टाइन व्यवस्थापनमा खटिदै आएका थिए । उनीहरुको उमेर ३० र ३५ वर्ष रहेको छ । यो सँगै माण्डवी गाउँपालिकामा कोरोना संक्रमितको संख्या ७१ पुगेको छ भने १ जना निको भएका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्