ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

म्यानमारलाई साढे ३५ करोड डलर आपतकालीन कोष दिँदै आईएमएफ 

२०७७ असार, १३  
अन्तरराष्ट्रिय
Image Not Found

असार १३, यङ्गुन (म्यानमार) । बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले म्यानमारलाई साढे ३५ करोडभन्दा धेरै ऋण सहायता उपलब्ध गराउने भएको छ । 

कोभिड–१९ महामारीका कारण सिर्जना भएको आर्थिक संकटको व्यवस्थापन गर्न आईएमएफले सो सहयोग दिन थालेको हो । म्यानमारमा कोरोना भाइरस महामारीका कारण पर्यटन व्यवसाय तथा विप्रेषणबाट हुने आम्दानीमा व्यापक कमी आएकोले आपूर्तिको श्रृंखला नै अवरूद्ध हुने अवस्था आएको छ । 

यही अवस्थालाई दृष्टिगत गर्दै ऋण सहयोगको व्यवस्था गरिएको एक विज्ञप्तिमा आईएमएफका उप–महानिर्देशक मित्सुहिरो फुरूसावाले बताएका छन् । यस सहयोगले महामारीबाट प्रभावित अतिआवश्यक क्षेत्रको वित्तीय आवश्यकतालाई सम्बोधन गर्ने तथा विकास साझेदारहरूलाई सहयोगमा भूमिका खेल्ने बताइएको छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्